काठमाडौँ- आज काठमाडौँ उपत्यकाका विभिन्न खोप केन्द्रमा भेरोसेलको पहिलो डोज खोप दिने दिइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक सेवामा कार्यरत व्यक्तिका लागि मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाइने व्यवस्था गरिएको जनाएको छ ।
प्रसूति गृह अस्पताल थापाथली, काठमाडौं मेडिकल कलेज सिनमंगल, निजामती कर्मचारी अस्पताल बानेश्वर, शिक्षण अस्पताल महाराजगन्ज, राधास्वामी आइसोलेसन सेन्टर सामखुसी, सशस्त्र प्रहरी अस्पताल बलम्बु गरी ६ स्थानमा अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुका लागि मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाइनेछ ।
साथै‚ काठमाडौं महानगरपालिकाका ३२ वडाको खोप केन्द्र र अरु १० वटा नगरपालिकाका खोप केन्द्रहरुमा भेरोसेल पहिलो मात्रा लगाउने कार्यक्रम यथावत रहेको पनि जनाइएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र वीर अस्पतालमा भने खोप दिने कार्यक्रम रोकिएको छ । लक्षित समूहभन्दा बाहिरका व्यक्तिहरुको घुसपेठ नियन्त्रण गर्न कठिन भएको र अस्पतालमा कोभिडका बिरामीको चाप पनि बढ्न गएकाले ती दुई अस्पतालमा भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम हाललाई स्थगन गरिएको मन्त्रालयले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस