गोरखा- यही साउन २४ गते राति १२ बजेसम्मका लागि गोरखामा निषेधाज्ञा थप गरिएको छ । कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठित जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्लाभित्र निषेधाज्ञा थप गरिएको हो । यसअघि जारी गरिएको निषेधाज्ञालाई केही खुकुलो पारेर निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
निषेधाज्ञाका बेला जिल्लाभित्र सभा, सम्मेलन, गोष्ठी, तालिम, भेला, जात्रा तथा महोत्सव गर्न पाइने छैन । यसबाहेक सङ्ग्रहालय, रङ्गशाला, कबर्ड हल, खेलकुद मैदान सिनेमाहल, डान्स सेन्टर, ब्युटी पार्लर, शैलुन र जिमखाना सञ्चालनमा रोक लगाइएको उनको भनाइ छ ।
डीसीएमसीको बैठकले जिल्लाभित्र सञ्चालन हुने निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्दा स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने व्यवस्था मिलाउनु पर्ने, चालक, सहचालक र यात्रुले अनिबार्य रुपमा मास्क, पञ्जा तथा फेससिल्डको प्रयोग गर्नुपर्ने निर्णयलाई यथावत राखेको छ।
जिल्लाभित्र विवाह, ब्रतबन्ध, एवं अन्य संस्कारजन्य कार्य पार्टी प्यालेस तथा होटलमा सञ्चालन गर्न पनि रोक लगाइएको छ । डीसीएमसीको बैठकले आफ्नै घरमा सञ्चालन गर्न बढीमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने गरी गर्न पाउने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी पौडेलले सेवाग्राहीको भीड हुने प्रकृतिका सरकारी कार्यालयमा आलोपालो प्रणाली अवलम्बन गरी सेवा प्रवाह गर्ने र बैङ्क तथा वित्तीय संस्थाले भौतिक दूरी कायम गरी सेवा प्रवाह गर्ने निर्णय पनि बैठकले गरेको बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस