डोटी- कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि गएको वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि आउँदो साउन १५ गतेसम्मका लागि थप गरिएको छ । आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा कोभिड सङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सुनिल खनालले निषेधाज्ञाको उल्लङ्घन गर्ने, औषधि, औषधिजन्य सामग्री, अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने जस्ता कार्य गर्नेलाई कोभिड-१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही गरिने जानकारी दिएका छन् ।
जिल्लामा गएको वैशाख महिनादेखि गरिएको निषेधाज्ञाको समयावधि थप गरिएको यो आठाैं पटक हो । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जिल्लाभित्रका आन्तरिक सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने, पसलहररू बिहान ६ देखि राति ८ बजेसम्म खोल्नका लागि अनुमति दिइएको छ भने बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० देखि दिउँसो १ बजेसम्म स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न दिने निर्णय गरेको छ । विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाउने भएका छन् । निषेधाज्ञाको अवधिमा होटेल, रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लर, जिम हल र अन्तरजिल्ला सार्वजनिक यातायात सञ्चालन गर्न भने नपाइने निर्णय भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले जनाएको छ ।
भीडभाड हुने कुनै पनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, खेलकुद गतिविधिलगायत कार्यक्रम गर्न नपाइने कोभिड सङ्कट व्यवस्थापन समितिको सूचनामा उल्लेख गरिएको छ । जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ३०० भन्दा बढी पुगेको छ । कोरोनाकै कारण जिल्लामा ११ जनाले ज्यान गुमाइसकेका छन् । जसमा चार जनाको जिल्लाबाहिर उपचारका लागि लगिएकामा ज्यान गएको जनाइएको छ । जिल्लामा केही समययता भीडभाड बढेका कारण कोरोना जोखिम बढ्नसक्ने स्थानीयवासीको अनुमान छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस