काठमाडौँ- नेपालमा फैलिएको कोरोना संक्रमणको डेल्टा भेरियन्टमा नयाँ म्युटेसन देखिएको छ ।
भारतको इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गरिएको ४८ नमुनामध्ये ९ वटामा नयाँ म्युटेसन फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन् ।
गत वैशाख २६ गते देखि जेठ २० गतेसम्म विभिन्न उमेर समूहलाई प्रतिनिधित्व हुने गरी राष्ट्रिय प्रयोगशालाले देशभरबाट ४८ वटा नमुना संकलन गरेको थियो । उक्त नमुनालाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको भारतको प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्न गत जेठ २६ गते पठाईएको थियो ।
ती मध्ये ४७ नमुनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) र एउटामा अल्फा भेरियन्ट (बी १.१.७) फेला परेको छ । ४७ डेल्टा भेरियन्टमध्ये ९ नमुनामा (के ४१७ एन्) म्युटेसन भेटिएको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।
यो म्युटेसन सबै उमेर समूहलाई संक्रामक रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले बताएका छन् ।
यसअघि बेलायती सञ्चारमाध्यमले नेपाल भेरियन्ट भनेर दाबी गरेको यहि म्युटेसन हो । हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरुमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा कोरोना भाइरसका ३ भेरियन्ट (अल्फा,डेल्टा र कप्पा) पुष्टि भएको छ । कोरोना भाईरसले नयाँ नयाँ स्वरुप परिवर्तन गर्दै गइरहेको र नयाँ म्युटेसन अझै संक्रामक भएको भन्दै संक्रमण रोक्न सबै जिम्मेवार बनी संक्रमण रोक्न मन्त्रालयले अपिल गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस