काठमाडौँ- आजदेखि सरकारले चीनबाट ल्याएको भेरोसेल खोप दिन सुरु गर्दै छ ।
यसअघि ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई कोभिडविरुद्धको खोप भेरोसेल दिने भनेता पनि आजदेखि उमेर समूह परिवर्तन गर्दै ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाउन निर्देशन दिएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सोमबार जारी गरेको सूचनामा उपत्यका बाहिरका जिल्लाहरुमा २५ जेठबाट शुरु हुने खोप अभियानमा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाउन निर्देशन दिएको छ ।
खोप उपलब्धताको आधारमा यो निर्णय गर्न प्रदेश स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिइएको छ । काठमाडौं उपत्यकामा भने ६० देखि ६४ वर्ष उमेर समूहले नै खोप पाउनेछन् ।
यस्तै हिमाली जिल्लामा यसअघि नै ५५ वर्ष माथिकालाई खोप दिइएकोमा छुट भएकाहरुलाई सोही उमेर समूहकालाई दिइने बताइएको छ। तिब्बतसँग सिमा जोडिएका जिल्लामा भने १८ देखि ६४ वर्ष उमेर समूहकालाई नै दिइने बताइएको छ ।
यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न, ओजेटीका नर्सिङ्ग तथा प्यारामेडिक्स र बिरामीको जाँचमा प्रत्यक्ष सहभागी हुनेहरूलाई पनि पहिलो डोज दिइने जनाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस