नेपालगञ्ज- थप चारजना कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, बाँके र बर्दियाका दुई–दुई जनाको शनिबार रातभरमा मृत्यु भएको छ ।
बर्दिया बाँसगढी नगरपालिका वडा नम्बर ९ का ३९ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । जेठ १० गते पीसीआर गरेका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको राति १२ः४५ बजे मृत्यु भएको हो ।
बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर २ का ५५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । जेठ २ गते भर्ना गरिएका उनको १८ गते पीसीआर गरिएको थियो । उनको आइतबार विहान साढे ५ बजे मृत्यु भएको छ ।
बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ३ का ३३ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ ७ गते भर्ना गरिएका उनको ९ गते पीसीआर गरिएको थियो । उनको राति ११ः२५ बजे मृत्यु भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ४५ वर्षीया महिलाको युनाइटेड अस्पतालमा मृत्यु भएको छ । वैशाख २६ गते पीसीआर गरिएका उनलाई जेठ ७ गते भर्ना गरिएको थियो । उनको सोमबार बिहान ६ः०५ बजे मृत्यु भएको हो ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन सय नाघेको छ। अहिलेसम्म तीन सय २ जनाको कोरोनाबाट मृत्यु भएको छ । बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा ३ सय १३ जनाको मृत्यु भइसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस