बाँके- थप पाँच जना कोरोना संक्रमित बाँकेमा मृत्यु भएको छ ।
नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा दुई जना र भेरी अस्पतालमा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेका दुई जना तथा बर्दिया, दाङ र रूकुम पश्चिमका एक/एक जना रहेका छन् ।
भेरी अस्पतालमा उपचाररत गुलरिया-४ बर्दियाका ५७ वर्षीय पुरुष, कोहलपुर-१४ बाँकेकी ७० वर्षीया महिला र तुलसीपुर-१८ दाङकी ७२ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताएका छन् ।
त्यस्तै, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत चौरजहारी-४ रुकुम पश्चिमकी ६५ वर्षीया महिला र नेपालगञ्ज-११ बाँकेकी ५५ वर्षीया महिलाको मृत्यु भएको छ ।
यो सँगै कोरोनाबाट हालसम्म बाँकेमा जिल्लाभित्रका २९९ जना र अन्य जिल्लाबाट उपचार गराउन आएका ३१० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस