बागलुङ- बागलुङमा कोरोना संक्रमणको दर नघटेपछि थप एक साता लकडाउन थप गरिएको छ ।
बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार शुक्रबार सबेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति डिसिसिएमसीको बैठकले थप एक साता लकडाउन गर्ने निर्णय गरेको हो ।
प्रजिअ कार्कीले बैंक वित्तीय संस्था सञ्चालनलाई भने केही खुकुलो बनाइएको र अब बैंक वित्तीय संस्था बुधबार र आइतबार विहान ७ बजे देखि १० बजे सम्म खुल्ला रहनेछ जानकारी दिएका छन् ।
जेठ ३१ गतेसम्मका लागि लकडाउन थप गर्ने बैठकले निर्णय गरेको बताइएको छ । बैशाख २१ गतेदेखि लकडाउन थालिएको थियो ।
संक्रमणको दर दिनदिनै बढेपछि जेठ १ गतेदेखि १५ गते र १४ देखि जेष्ठ २२ सम्म लकडाउन थप गरेको थियो ।
प्रजिअ कार्कीले भने, “संक्रमितको संख्या अझै पनि एक हजार हाराहारीमा छ, यसको ‘चेन ब्रेक’ गर्नका लागि जिल्लामा लकडाउन जारी गरिएको हो। अझै पनि संक्रमितको संख्या बढि रहेको हुँदा लकडाउनलाई निरन्तरता र कडाई गरिने निर्णय भएको छ ।”
हाल जिल्लामा एक हजार ७८ जना सक्रिय संक्रमित रहेका छन् । त्यस मध्य अधिकांश होम आइशोलेसनमा रहेको बताइएको छ । संक्रमणबाट जिल्लामा मृत्यु हुनेको सं ४३ पुगेको छ ।
स्वास्थ्य कार्यालय बागलुङले हालसम्म जिल्लामा तीन हजार आठ यस ८१ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस