काठमाडौं- २१ गतेदेखि काठमाडौंमा खाद्यान्न बिक्री र पूर्वाधार निर्माण कार्य खुला गरिने भएको छ । बुधबार बस्न लागेको काठमाडौं उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूको बैठकले खाद्यान्न बिक्रीको लागि मात्रै किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न दिने तयारी गरेको बताइएको छ ।
अब थपिने निषेधाज्ञामा खाद्यान्न बिक्रीको लागि किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न दिने तयारी गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिएका छन् । बुधबार बिहान १० बजे काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले यस बारेमा निर्णय गर्नेछ । थप एक साता निषेधाज्ञा थप्ने तयारी समेत बैठकले गरेको छ ।
काठमाडौं उपत्यकामा पूर्वाधार निर्माण पनि खुला गरिने भएको भट्टराईले जानकारी दिएका छन् । निर्माण क्षेत्रमा नै कर्मचारी राखेर सञ्चालन गरिने पूर्वाधार निर्माण कार्य स्वास्थ्य मापदण्ड पूरा गरेर अघि बढाउन सक्ने निर्णय सीडीओहरुले गर्न लागेका हुन् । निर्माण सामग्री ओसार्नको लागि भने रातिको समय तोकिएको छ । हाल उपत्यकामा पूर्वाधार निर्माणमा समेत रोक लगाइएको थियो । अबभने निर्माणको क्रममा स्वास्थ्य मापदण्ड भने लागू गर्नुपर्ने शर्त राखेर उक्त खएको छ ।
अब थप गरिने निषेधाज्ञामा पनि सार्वजनिक सवारी भने नखुल्ने भएको छ । अहिले नै सार्वजनिक सवारी खोल्ने विषयमा छलफल नै नभएको जानकारी भट्टराईले दिए । कोरोनाको महामारी साम्य नलागिसकेकोले अहिले नै सवारी साधन खुला गर्दा यसले समस्या जटिल हुने जिल्ला प्रशासनका अधिकारीहरुको बुझाइ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस