काठमाडौँ- कोभिड–१९ को कारणले बिहीबार हालसम्मकै बढी ३५ जनाको मृत्यु भएको छ । दीर्घरोग नभएका, यसअघि खास रोग नदेखिएका र बालबालिकाले समेत ज्यान गुमाएका छन् । गत वर्ष सबैभन्दा बढी कात्तिक १९ गते ३० जनाको कोभिडले मृत्यु भएको थियो ।
बिहीबार दैनिक संक्रमण दरसमेत हालसम्मकै बढी पुगेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । पछिल्लो २४ घण्टामा १२ हजार ५ सय ९७ नमुनाको पीसीआर परीक्षण गर्दा ३८।३५ प्रतिशत अर्थात् ४ हजार ८ सय ३१ जनामा संक्रमण देखिएको छ ।
एक जनाबाट संक्रमण धेरै जनामा सरिरहेको समेत पाइएको छ । सहप्रवक्ता डा अधिकारीले भने, “कुनै ठाउँमा एक जना कोरोना पोजिटिभ हुँदा परिवारका सदस्य, भेटघाटमा परेका, कार्यालयमा काम गर्ने भए सहकर्मी सबैलाई संक्रमण देखिएको छ। हाल क्लस्टर ९समूह० मा संक्रमण देखिएको छ । ठूलो समूह संक्रमित भेटिएका छन् ।”
मुलुकमा सक्रिय संक्रमितको संख्या हरेक दिन एक–डेढ प्रतिशतले वृद्धि भइरहेको छ । मुलुकभरिमा ३४ हजार १ सय १७ जना सक्रिय संक्रमित छन् जुन कुल संक्रमितको १०।७४ प्रतिशत हो । डा। अधिकारीले भने, “दिनमा एक–डेढ प्रतिशतका दरले सक्रिय संक्रमितको वृद्धि संक्रमण विस्तारको एकदमै द्रुत गति हो, यो खतरनाक अवस्था हो । सक्रिय संक्रमित वृद्धिदर भारतभन्दा नेपालमा तीव्र देखिएको छ ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस