काठमाडाैं-पछिल्ला केही दिनयता नेपाल र भारतसहित विश्वभर कोरोना संक्रमणको दर बढेको छ । नेपालमा मंगलबार मात्रै एक सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कुल चार हजार ३२ जनाको पिसिआर परीक्षण गर्दा यो स्तरको संक्रमण देखिएको हो । विश्वभर कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै भारतलाई पनि यसले गाँजेको छ ।
पछिल्लो समय भारतमा देखिएको संक्रमणको जुन दर छ, त्यसबाट नेपाल पनि अछुतो रहने सम्भावना छैन । कोरानोकालमा दुई देशबीचको सीमानाकामा हुने आवत–जावतलाई कडाइ गरिए पनि रोजगारी र व्यापारका लागि दुई देशबीचको अन्तर्सम्बन्धले गर्दा एक देशमा संक्रमण बढ्दा अर्को देशमा सतर्कता बढाउनुपर्ने हुन्छ ।
दोस्रो लहरको संक्रमण नेपालमा प्रवेश गर्यो भने के गर्ने भन्ने नीति सरकारसँग पहिले नै हुनुपर्छ । नत्र यसले ल्याउने मानवीय क्षति पहिलेको भन्दा निकै ठूलो हुन सक्ने अन्तर्राष्ट्रिय अनुभवले देखाइरहेका छन्
गत फेब्रुअरीमा मात्रै भारतको व्यापारिक केन्द्र मुम्बईमा संक्रमणले निकै उच्च ग्राफ कायम गरेको थियो, जुन आजपर्यन्त पूर्ण नियन्त्रणमा आइसकेको छैन । त्यसयता भारतको राजस्थान र दिल्लीमा पनि संक्रमण उच्च देखिन थालेको छ ।
संक्रमण रोक्नका लागि भारत सरकारले राजस्थानका मुख्य आठ सहरमा रात्रिकालीन कफ्र्यु लगाउने निर्णय पनि गरेको छ । भारतमा देखिएको संक्रमणबाट किन पनि सतर्क हुनुपर्नेछ भने पछिल्ला एक सय ३० दिनयता आइतबार मात्रै ४७ हजारभन्दा बढी संक्रमित थपिएका थिए र २४ घन्टाको अन्तरालमा दुई सय १२ जनाको यसैका कारण मृत्यु भएको छ ।
कोरोनाको यो दोस्रो लहर भारतमा मात्रै देखिएको होइन । ब्रिटेनबाट सुरु भएको यो दोस्रो लहर अहिले विश्वका अन्य मुलुकहरूमा पनि तीव्र गतिमा फैलिरहेको आजको नयाँ पत्रिकाले आफ्नो सम्पादकीयमा छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस