कोपेनहेगन – विश्वभरि हालसम्म उत्पादित खोपको ९५ प्रतिशत मात्रा प्रमुख १० देशहरूमा सीमित रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को युरोपेली शाखाले बिहीबार जनाएको छ ।
यो खोपको कूल मात्रामध्ये अमेरिका, चीन, बेलायत, इजरायल, संयुक्त अरब इमिरेट्स, इटली, रूस, जर्मनी, स्पेन र क्यानडाले ९५ प्रतिशत खोपमा आफ्नो पहुँच जमाउँदै आएको उक्त शाखाले जनाएको छ ।
डब्ल्यूएचओको युरोप क्षेत्रीय निर्देशक हान्स क्लुगले अनलाइनमार्फत् गरेको पत्रकार सम्मेलनमा भने, “सामूहिक रूपमा हामी कुनै पनि देश वा समुदायलाई पछाडि छोड्न सक्दैनौं ।”
क्लुगले भने, “डब्ल्यूएचओले सबै मुलुकमा खोप पठाउनका लागि काम गरिरहेको छ तर यसको लागि प्रत्येक मुलुकले योगदान पु¥याउन, अनुदान दिन र सहयोग पु¥याउन र खोपहरूको उचित पहुँच र प्रयोग आवश्यक छ ।”
‘आवर वल्र्ड इन डाटा’ नामक वेबसाइटका अनुसार अहिलेसम्म विश्वभर कूल तीन करोड २० लाख कोभिड–१९ विरूद्धका खोप प्रयोगमा आइसकेका छन् । रूस र केही मध्य एशियाली मुलुकसहित डब्ल्यूएचओको युरोपेली क्षेत्रका ५३ देशहरूमध्ये मात्रै ३१ मुलुकमा खोप अभियान सञ्चालन गरेका पनि ‘आवर वल्र्ड इन डाटा’ले जानकारी गराएको छ ।
खोप अभियानको थालनी भए पनि केही देशहरूमा खोप अभियानले खासै गति लिएको छैन । नयाँ खालका सङ्क्रामणका विरामीहरूका कारण विशेष गरी अंग्रेजी र दक्षिण अफ्रिकी समूह राष्ट्रहरूका कारण चिन्ताजनक बनेको छ ।
“यो अवस्था चासोको विषय हो,” उनले भने ।
युरोपेली क्षेत्रमा रसियालगायत २५ देशहरूमा बेलायतमा पहिलो पटक फेला परेका नयाँ प्रकारका कोभिड–१९ का विरामीहरू भेटिएका उनले बताए ।
“अहिलेसम्म हामी बुझ्छौं यस प्रकारले यो नयाँ रोगमा कुनै खास परिवर्तन आएको देखिएको छैन । त्यसैले अबका दिनमा पनि कोभिड–१९ कम गम्भीर समस्या हुने छैन,” क्लुगले भने ।
“हामी एकै साथ दुई कारणका लागि चिन्तित छौं पहिलो विश्वमा अझैपनि देखिएको यस प्रकारको उच्च प्रसारण दर र दोस्रो यसको खोपको अर्थ के हो भन्ने प्रश्न हो,” कुल्गले थपे । यद्यपि क्लुगले पनि आशावादी हुने हाधारहरू बाँकी रहेकोमा जोड दिएका छन् ।
“सन् २०२१ कोरोनाभाइरसको अर्को बर्ष हुनेछ तर यो नियनत्रणका लागि अधिक पूर्वानुमान गर्न सकिने वर्ष हुनेछ । आगामी दिनमा योजनावद्धरूपमा विश्व समुदाय प्रतिवद्ध बनेमा नियन्त्रण गर्न सजिलो हुनेछ ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस