मनाङ- देशैभरि कोरोना सङ्क्रमण फैलिएको बेला मनाङमा भने सङ्क्रमितको सङ्ख्य शून्य थियो । सङ्क्रमितको सङ्ख्या घट्दो अवस्थामा मनाङमा आज कोरोना सङ्क्रमण देखिएको छ । जिल्लामा सङ्क्रमण न्यूनीकरणका लागि सरकारी कर्मचारी र स्थानीय बासिन्दाबाहेक मनाङ प्रवेश गर्न ७२ घण्टाको नेगेटिभ पिसीआर अनिवार्य गरिएको छ ।
हालसम्म मनाङमा २८२ जनाको स्वाब सङ्कलन भएकामा १० जनाको कोरोना पोजेटिभ देखिएको जिल्ला स्वस्थ्य प्रमुख बद्री आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार नौ जना सङ्क्रमित निको भएसँगै मनाङ शून्य रहेको हो ।
शून्य भएको धेरै दिनपछि आज एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । ज्वरो, रुघाखोकीका कारण लमजुङ सदरमुकाम बेसीँशहरमा उपचार गराइरहेका नासो गाउँपालिकाका ५८ वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको हो । उनको उपचारकै क्रममा लमजुङबाट नै स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएको र आज सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वस्थ्य निर्देशनालयले जनाएको छ । उनको थप उपचारका लागि काठमाडौँ लगिएको स्रोतले जनाएको छ ।
हालसम्म अधिकांश बाहिरी जिल्लाबाट यस जिल्लामा कार्यरत कर्मचारीमा सङ्क्रमण देखिए पनि पछिल्लो समयमा भने स्थानीयवासीमा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले मनाङ जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार नासो गउँपालिकाका दुई र चामे गाउँपालिकामा एक स्थानीय सङ्क्रमित पुष्टि भएको र दुई जना निको भइसकेका छन् । हाल जिल्लामा एक मात्रै सङ्क्रमित रहेका छन् । अन्य बिरामी निको भएर घर फर्किसकेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस