नयाँदिल्ली- भारतमा बुधबार एक दिनमा थप ३१ हजार ५२२ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि कोरोना भाइरस सङ्क्रमितको संख्या ९७ लाख ६७ हजार ३७२ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ ।
जसमध्ये ९२ लाख ५३ हजारभन्दा बढी सङ्क्रमणमुक्त भएका छन् । सो मन्त्रालयका अनुसार हाल तीन लाख तीन ७२ हजार २९३ व्यक्ति अझै सक्रिय सङ्क्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम सङ्क्रमित भेटिएको यो लगातार ३२ औँ दिन हो ।
भारतमा कोरोना भाइरस सङ्क्रमणबाट २४ घण्टामा थप ४१२ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४१ हजार ७७२ पुगेको छ ।
भारतभरी सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा ७४ हजार ३१५ अझै पनि सक्रिय सङ्क्रमित रहेका बुधबार जनाइएको छ । महाराष्ट्रपछि केरलामा ६० हजार ६६ सक्रिय सङ्क्रमित अवस्थामा रहेका छन् ।
दिल्लीमा ्र२० हजार ५४६ सक्रिय सङ्क्रमित रहेका छन् भने ५ लाख ६९ हजार २१६ व्यक्ति सङ्क्रमणबाट मुक्त भएका छन् । दिल्ली कोरोना भाइरस सङ्क्रमणको कारण ९ हजार ८१३ जनाको मृत्यु भएको छ ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले भारतमा कुल १५ करोड ७ लाख ५९ हजारको नमूना परीक्षण गरेको जनाएको छ । बुधबार एकै दिनमा ९ लाख २२ हजार ९५९ जनाको नमूना परीक्षण भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस