चितवन- जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा १६७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका ९६ जना रहेका छन् ।
जिल्लामा एक केन्द्रीयस्तरको अस्पताल र दुई ठूला मेडिकल कलेजसँगै अन्य निजी अस्पतालमा कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । कतिपयको होमआइसोलेशनमा रहेको समयमा मृत्यु भएको छ भने कतिपयलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
जिल्लाका अस्पतालमा अन्य जिल्लाबाट सङ्क्रमित उपचार गराउन आउने गर्दछन् । उपचारका क्रममा आएका चितवनसहित १४ जिल्लाका र छिमेकी भारतका बिरामीको यहाँ मृत्यु भएको हो । शवको व्यवस्थापन गर्दै आएको नेपाली सेनाको कालीबहादुर गण भरतपुरका अनुसार गणले १५८ वटा शवको व्यस्थापन आफैँले गरेको छ । बाँकी सम्बन्धित जिल्लामा समन्वय गरी अन्त्येष्टिका लागि लगिएको हो ।
शव व्यवस्थापनका क्रममा ७४ जनाको शव गाडिएको छ भने अन्यको जलाइएको छ । गणका अनुसार मृत्यु भएकामा चितवनबाहेक सबैभन्दा बढी (२३ जना) नवलपरासी (त्रिवेणी सुस्ता पूर्व) का रहेका छन् । त्यसैगरी मकवानपुरका १८, रौतहट पाँच, सर्लाही चार, तनहुँ तीन, गोरखा छ, कैलाली दुई, रुपन्देही दुई, लमजुङ दुई, बारा, गुल्मी, धादिङ, स्याङ्जा, प्युठान र भारतका एक÷एक जनाको यहाँका विभिन्न अस्पतालमा मृत्यु भएको गणले जनाएको छ ।
जिल्लामा हालसम्म सङ्क्रमित भएका पाँच हजार ९८६ जनामध्ये ९६ जनाको मृत्यु भएको छ भने पाँच हजार ४८७ जना उपचारपछि निको भएका छन् । अहिले ४०२ जना विभिन्न आइसोलेशनमा रहेका छन् । अस्पतालमा उपचार गर्न आएर कोभिड सङ्क्रमण पुष्टि हुनेमा श्वासप्रश्वासमा समस्या, ज्वरो, खोकी, निमोनिया, मिर्गौला, मुटु, दम, झाडापखाला र हेपटाइटिस बि का बिरामीको बढी सङ्ख्यामा मृत्यु भएको पाइएको छ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी सङ्क्रमित जटिल भएपछि उपचारका लागि आउने गरेकाले मृत्यु सङ्ख्या बढी भएको बताउनुहुन्छ । पछिल्लो समय काठमाडौँ जानुभन्दा सहज उपचार चितवनमा हुने भन्दै छिमेकी जिल्लाबाट आउने क्रम बढेको उहाँको भनाइ छ ।
मुटुको जटिल शल्यक्रिया सम्पन्न
सात वर्षीया बालिकाको मुटुको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । चितवन मेडिकल कलेज (सिएमसी) मा जन्मजात मुटुसम्बन्धी समस्या भएकी तनहुँ घर भई भरतपुर महानगरपालिका–१२ बस्ने सात वर्षीया खुशी थापाको मुटुको शल्यक्रिया सफल भएको हो ।
अस्पतालका प्रा डा श्यामराज रेग्मीको नेतृत्वमा डा सुधिर रेग्मी, डा विष्णुमणि धिताल, सर्जन डा सुरज भट्टराई, रेडियोलोजिष्ट डा विज्ञान पौडेल, एनेस्थेसियोलोजिष्ट डा भारती शर्मा रेग्मी र क्याथ प्रयोगशाला प्रमुख अमृत काफ्लेको सङ्लग्नतामा शल्यक्रिया सम्पन्न भएको हो ।
अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार बालिकाको मुटुमा पेशमेकर राखी सफल शल्यक्रिया गरिएको हो । बालिकामा जन्मदैदेखि श्वास फेर्न गाह्रो हुने, बेलाबेलामा लड्ने, अन्य बच्चाभन्दा फरक स्वभाव रहेको थियो । बच्चालाई १७ महिनाको हँुदा काठमाडाँैको शहिद गङ्गालाल अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा जन्मजात मुटुसम्बन्धी रोग भएको पुष्टि भएको परिवारलाई उद्धृत गर्दै देवकोटाले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस