काठमाडौँ- पछिल्लो २४ घण्टामा छ हजार ७४ नमूना परीक्षण गर्दा थप एक हजार २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेमा ६२२ पुरुष र ४०२ महिला छन् । आजसम्म कूल सङ्क्रमित दुई लाख ३९ हजार ८८५ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारीअनुसार यस अवधिमा दुई हजार २०६ जना कोरोनामुक्त भएका छन् । यससहित कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख २४ हजार ५३ पुगेको छ । कोरोना सङ्क्रमणबाट थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ५७७ पुगेको छ ।
हाल देशभर १४ हजार २५५ सक्रिय सङ्क्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । त्यसमध्ये ४५ जना भेन्टिलेटर, ३१२ जना आइसीयू र नौ हजार २६३ जना घरमै एकान्तवासमा छन् ।
काठमाडौं उपत्यकामा ४६० सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौँका ३४९, ललितपुरका ६५ र भक्तपुरका १८ जना छन् । नुवाकोटका ४६, कास्कीका ४५, रुपन्देहीका ४१, झापाका ३९, अछामका ३५, कैलालीका ३३, काभ्रेपलाञ्चोकका २९, सुनसरीका २८, बाँकेका २०, धनुषाका १८, कञ्चनपुरका १७, पर्सा, मकवानपुर र लमजुङका १५/१५, सिन्धुली र बाग्लुङका १४/१४, चितवन, कपिलवस्तु, दाङ र बझाङका ११/११, तनहुँ र बर्दियाका नौ/नौ, धादिङका आठ, दोलखाका सात र इलामका छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी नवलपरासी र पाल्पाका पाँच/पाँच, मोरङ, सोलखुम्बु, सिराहा, स्याङ्जा, जुम्ला, डडेलधुराका चार/चार, सर्लाही, दैलेख, दार्चुला र बैतडीका तीन/तीन, ताप्लेजुङ, बारा, महोत्तरी, रौतहट, सप्तरी, सिन्धुपाल्चोक, नवलपुर, पर्वत, म्याग्दी, प्युठान, रोल्पा र डोटीका दुई/दुई तथा उदयपुर, ओखलढुङ्गा, खोटाङ, अर्घाखाँची र गुल्मीका एक/एक जनामा सङ्क्रमण देखिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस