मान्म- कालिकोट जिल्लामा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । कोरोना नियन्त्रणका लागि स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिले समन्वकारी काम गर्दा सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो ।
जिल्लामा हालसम्म २४५ जनामा सङ्क्रमण दखिएको र तीमध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या दुई जनामात्र रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक कटकबहादुर महतले जानकारी दिए । “जिल्लाभर कोरोना सङ्क्रमितको सङ्ख्या चार रहेको थियो”, उनले भने, “दुई जना आज नै सङ्क्रमण निको भएर घर पठाइएको छ । हाल कोरोना विशेष अस्पतालमा दुई जना मात्र रहनुभएको छ ।”
कोराना सङ्क्रमण निको भएर हालसम्म २४३ जना घर फर्किएका र हालसम्म ६६४९ जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको उनले बताए।
नौ स्थानीय तहमध्ये रास्कोटमा ३५, खाँडाचक्रमा २३ , तिलागुफा नगरपालिकामा ३१ , पलाँतामा तीन, सान्नी त्रिवेणीमा ३८, नरहरिनाथमा ४३ , शुभकालिकामा ३७ , महावैमा १३ , पचालझरना गाउँपालिकामा दुई र अन्य जिल्लाका १७ जनामा कोरोना सङ्क्रमण देखिएको कार्यालयले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस