क्यालिफोर्निया- कोरोनाभाइरसको संक्रमण अत्यधिक बृद्धि हुँदै गएको भन्दै अमेरिकाको क्यालिफोर्निया राज्यमा मानिसलाई घरमै बस्न आदेश दिइएको छ ।
क्यालिफोर्नियाको सार्वजनिक स्वास्थ्य विभागले अत्यावश्यक काम बाहेक अन्य अवस्थामा घर बाहिर ननिस्कन जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।
शनिबारदेखि लागु हुने आदेश आगामी डिसेम्बर २१ तारिखसम्म कायम रहने र आवश्यकता अनुसार फेरि थप हुनसक्ने अधिकारीहरुले जनाएका छन् ।
“हाम्रो राज्यमा महामारी बढ्दै गइरहेको छ, केही हप्ता जटिल र संकटपूर्ण हुने देखिएको छ, त्यसैले हामी सबैले उच्च सतर्कता अपनाउन आवश्यक छ,” क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले भन्नुभयो ।
क्यालिफोर्नियामा अहिलेसम्म दश लाख ५९ हजार २६७ जना सङ्क्रमित भएका छन् भने १८ हजार ४६६ जनाको मृत्यु भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस