मोरङ- मोरङमा पछिल्लो १२ घण्टाको अवधिमा कोरोना सङ्क्रमणबाट विभिन्न अस्पताल र होम आइसोलेसनमा गरी पाँच जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा तीन जना, मोरङको बुढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा एक र मोरङको उर्लाबारीस्थित होम आइसोलसनमा एक जनाको मृत्यु भएको छ । सङ्क्रमणबाट मृत्यु हुनेमा चार महिलासहित पाँच रहेका छन् ।
नोबेल शिक्षण अस्पतालमा झापाको गौरादह–२ की ४९ वर्षीया सङ्क्रमित महिलाको आज मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । मृतकलाई यही कात्तिक ४ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।
त्यस्तै सोही अस्पतालमा सुनसरी इटहरी–३ की ४० वर्षीया महिलाको आज मृत्यु भएको छ । मृतकलाई यही कात्तिक २६ गते उपचारका लागि भर्ना गरिएको र सोही दिन उनमा कोरोना पोजेटिभ देखिएको दाहालले बताउनुभयो । मोरङको रङ्गेली नगरपालिका–८ का ५५ वर्षीय पुरुषको पनि आज मृत्यु भएको छ । मृतकलाई कोरोना पुष्टि भएपछि यही कात्तिक १७ गते उपचारका लागि भर्ना गरिएका थियो ।
यसैगरी मोरङको बुढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा झापाको दमक–६ की ४२ वर्षीया महिलाको बुधबार राति मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिनुभयो । मृतक महिलालाई यही कात्तिक २६ गते उपचारका लागि अस्पताल भर्ना गरिएको र सोही दिन पोजेटिभ देखिएको थियो ।
यस्तै मोरङको उर्लाबारी–८ की ४५ वर्षीया सङ्क्रमित महिलाको होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ । मृतक महिलालाई यही कात्तिक १५ गते कोरोना सङ्क्रमण देखिएपछि होम आइसोलेसनमा बसेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । मृतकहरुलाई, रुघा, खोकी, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या र बान्ता आउनेलगायत समस्या थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस