बेनी- गण्डकी प्रदेशका प्रदेशसभा सदस्य विनोद केसीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । रुघाखोकी र ज्वरोसहित कोरोनाको लक्षण देखिएपछि पिसीआर परीक्षणका लागि स्वाब दिएकामा मङ्गलबार साँझ आएको रिपोर्टअनुसार आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेशसभा सदस्य केसीले बताउनुभयो ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठलाई समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएका श्रेष्ठले आफूसहित आफ्नो परिवारका पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
म्याग्दी निर्वाचन क्षेत्र (क) बाट निर्वाचित प्रदेशसभा सदस्य केसी र नेकपा सचिव श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरु कोरोना सङ्क्रमित भएको जानकारी दिँदै आफ्नो सम्पर्कमा रहेकाहरुलाई सजगता र सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । केसी र श्रेष्ठसहित म्याग्दीमा थप १४ जनामा कोरोना पुष्टि भएको छ । सबै जना कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।
सोमबार सङ्क्रमितको सम्पर्कमा रहेका ४६ जनाको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । म्याग्दीमा हालसम्म जिल्लाबाटै स्वाब सङ्कलन गरी पठाएकोमध्ये १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको बेनी नगरपालिका–७ का एक पुरुष, धवलागिरि गाउँपालिका–७ का एक पुरुष र रघुगङ्गा गाउँपालिका–२ घर भई काठमाडौँ बसोबास गर्ने एक पुरुष गरी तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस