सोल- दक्षिण कोरियाको नोगसान स्थित किम्चि उत्पादन स्थलमा समुहमा कोरोना संक्रमण फेला परेको छ ।
हाल सम्म उक्त कम्पनीमा कार्यरत १७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । समाचारमा बताइए अनुसार उक्त कम्पनिमा काम गर्ने एक नेपाली महिलामा हिजो मात्र कोरोना संक्रमण पुष्टि भएको हो ।
ती महिलाले रुघाखोकीको लक्षण देखिए पश्चात च्योङयाङ हुन स्वास्थ्य केन्द्रमा गएर परिक्षण गराउदा कोरोना संक्रमण पाइएको समाचारमा बताइएको छ । ति महिलामा कोरोना संक्रमण पाइए पश्चात कन्ट्याक ट्रेसिङका आधारमा अन्य १३१ जनाको कोरोना परिक्षण गरिएको थियो ।
उनीसँगै नजिकको सम्पर्कमा रहेका अन्य २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने कम्पनीलाई निर्मलीकरण समेत गरिएको छ ।
उनीसँगै सोही कम्पनिमा कार्यरत अन्य १६ जनामा समेत कोरोना संक्रमण पाइएको छ । ३० देखी ६० बर्ष उमेर समुहका उनीहरुमा समेत संक्रमण पाइएको हो ।
कोरोना संक्रमण पाइएकी ति महिलामा कसरि कोरोना संक्रमण भयो भन्ने बारे कुनै जानकारी प्राप्त नभएको र विस्तृत अनुसन्धान पश्चात मात्र उक्त जानकारी पत्ता लाग्ने स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस