वीरगञ्ज – वीरगञ्जका बिभिन्न अस्पतालमा उपचारका क्रममा थप ३ जना कोरोना सङ्क्रमितहको मृत्यु भएको छ ।वीरगञ्जको बिभिन्न अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितहरु मध्ये विहीबार बिहान दुई जना र बुधबार राती १ जना गरी थप तीन जनाको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता एंव सूचना अधिकारी डा.अतुलेश चौरसीयाले पुष्टि गरेका छन् ।
विहीबार बिहान वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड विशेष अस्पतालमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीका ६२ वर्षीय पुरुषको मृत्यु भएको थियो त्यस्तैगरी विहीबार बिहान नै नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित बाराको सुर्वण गाँउपालिका वडा नम्बर ४ हर्दिया गाँउकी २३ वर्षीया गर्भवती महिलाको मृत्यु भएको हो ।
त्यसअघि बुधबार साझ नारायणी अस्पतालको आइशोलेसन वार्डमा उपचाररत पर्साको धोबनी गाउँपालिका वडा नम्बर ३ गुलरीया गाँउका ७२ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो । यसरी वीरगञ्जको बिभिन्न अस्पतालमा पर्साका २ र बाराका १ गर्भवती महिला गरी थप ३ जना कोरोना संक्रमित को मृत्यु भएको हो ।
साउन ३० गते कोरोना संक्रमण पुष्टि भएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीका ६२ वर्षीय पुरुष त्यहीदिन वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड विशेष अस्पतालमा भर्ना भई उपचाररत थिए । मृगौला रोगी रहेका ती पुरुषमा निमोनियाको समस्या देखिएको र उपचारका क्रममा बिहीबार बिहान ८ बजेर १० जाँदा मृत्यु भएको डा. चौरसियाले बताए ।
त्यस्तैगरी पर्साको धोबनी गाउँपालिका वडा नम्बर ३ गुलरीया गाँउका ७२ वर्षीय संक्रमित पुरुषको बुधबार साँझ ६ बजे नारायणी अस्पतालको आइशोलेसन वार्डमा उपचारका क्रममा मृत्यु भएको हो । ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका ती वृद्धमा भदौ ८ गते पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तैगरी वीरगञ्जकै नारायणी अस्पतालमा उपचाररत कारोना संक्रमित बाराकी एक ३३ हप्ताको गर्भ रहेकी गर्भवती महिलाको बिहीबार बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. चौरसीयाले बताए ।
भदौ ८ गते स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि नारायणी अस्पतालमा ल्याईएकी ती गर्भवती महिलाको स्बाव संकलन गरि पिसिआर परीक्षण गर्दा बुधबार कोरोना संक्रमण पुष्टि भएको डा. चौरसियाले बताए ।
पछिल्ला थप ३ जनाको मृत्युसँगै पर्सामा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ । वीरगञ्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ४५ जना मध्ये १ बेवारिसे युवकसहित पर्साका ३३ जना, बाराका १० जना र रौतहटका २ जना रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस