चितवन – चितवनमा ५ महिनाका बालकसहित थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा चितवनका २५ र तनहुँ देवघाटका एक जनामा संक्रमण पुष्टि भएको हो।
चितवन मेडिकल कलेजको प्रयोगशालामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमण पुष्टि हुनेमा रत्ननगर नगरपालिका भित्रका मात्रै १४ जना छन्। रत्ननगर नगरपालिका वडा नम्बर ४, ९ र १२ का १२ जना पुरुष र २ महिला रहेका छन्। उनीहरू रत्ननगरका क्वारेन्टिनमा रहेका थिए।
यसअघि लामो समय संक्रमण शून्य भएको माडी नगरपालिकामा फेरि ९ जना कोरोना पोजेटिभ देखिएको छ।
माडीमा ५ महिने बालक पनि छन्। वडा नम्बर ६ र ७ का ५ जना पुरुष र ४ जना महिलामा संक्रमण देखिएको हो । उनीहरू सबै क्वारेन्टिनमा छन्।
पहिलो चरणको लकडाउनको अवधिमा माडीमा ४१ जनामा संक्रमण पुष्टि भएको थियो। लकडाउन खुलेपछि पहिलोपटक संक्रमण पुष्टि भएको हो।
त्यस्तै, भरतपुरका २ जना र तनहुँका एक जनामा कोरोना पोजेटिभ देखिएको छ। भरतपुर महानगरपालिका वडा नम्बर ७ र २२ का ६६ वर्षीय पुरुष र ३४ वर्षीया महिला कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ।
उनीहरूमध्ये एक जनाले क्यान्सर अस्पताल भरतपुर र अर्काले रत्ननगरबाट स्वाब दिएका थिए ।
तनहुँको देवघाट गाउँपालिकाका ५१ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।
त्यसैगरी चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना पुष्टि भएको छ।
प्रयोगशालाका इन्चार्ज डा.नविनकुमार चौधरीकाअनुसार भरतपुर महानगरका १६ जनामा संक्रमण पुष्टि भएको छ।
रत्ननगरका ४, नवलपुरका ३, सर्लाहीका २ र तनहुँका १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। उनीहरू १४ देखि ५३ वर्षसम्मका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस