यहाँ एक सञ्चारकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज यहाँ जारी तथ्याङ्कमा चार कोरोना सङ्क्रमित मध्ये एक सञ्चारकर्मी समेत परेको उल्लेख छ ।
स्थानीय रेडियो र पत्रिकामा रिपोर्टिङ गर्ने ३४ वर्षीय ती पुरुष सञ्चारकर्मीमा सङ्क्रमणको लक्षण नभएको तर कन्ट्रयाक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा पोजिटिभ देखिएको जनाइएको छ । कोरोनाको जोखिम बढ्दै गएपछि पोखरा– २८ घरभएका सञ्चारकर्मीले आफू कार्यरत एफएममै आवासीय रुपमै रहेर काम गर्दै आएका थिए । पोखरा –२७ को एक बैंकमा कार्यरत सुरक्षाकर्मीलाई सङ्क्रमण पुष्टि भएपछि ती सञ्चारकर्मी कन्ट्रयाक्ट ट्रेसिङमा परेका थिए । उक्त बैंक भएको भवनमा उनी कार्यरत एफएम रहेको छ । उनको स्वाब शनिबार पोखरा –२७ को वडा कार्यालयमा सङकलन गरिएको थियो ।
सङ्क्रमण पुष्टि भएपछि उनलाई आइसोलेशनमा लैजाने तयारी गरिएको छ । उनसँग परिवारका व्यक्ति पनि सम्पर्कमा आएकाले कन्ट्रयाक्ट ट्रेसिङको प्रक्रिया अघि बढाइएको छ । प्रदेश निर्देशनालयको मंगलबार सार्वजनिक पछिल्लो जानकारी अनुसार पोखरामा मात्रै ११ र गण्डकीमा १७ कोरोना सङक्रमित थपिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस