काठमाण्डौँ – सैलुन चलाउँदै आएका व्यक्तिमा कोरोना देखिएपछि काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ काँडाघारी क्षेत्र सिल गरिएको छ।
समुदायस्तरमै कोरोना संक्रमण भएको हुन सक्ने भन्दै नगरपालिकाले सैलुनमा दाह्री/कपाल काटेकाहरूको खोजी गर्दै उनीहरूबाट स्वाब संकलन गरिरहेको छ। स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइएको हो।
सरकारले सैलुन सञ्चालन खुला नगरे पनि लुकिछिपी ठाउँ-ठाउँमा सैलुन सञ्चालन भइरहेका छन्।
‘कपाल काटिदिने सैलुन सञ्चालकमा कोरोना देखिएको भएर त्यस क्षेत्र सिल गरिएको छ,’ कागेश्वरी मनोहराका मेयर कृष्णहरि थापाले सेतोपाटीसँग भने, ‘सैलुनमा कपाल काट्न को-को गएका थिए, कन्ट्याक्ट ट्रेसिङका काम भइरहेको छ।’
काँडाघारी क्षेत्रमा नगरपालिकाकै धना बस्ती भएकोले समुदायस्तरमा कोरोना फैलिन नदिन कडाइ सुरू गरिएको उनले बताए।
उनकाअनुसार वडा नम्बर ७ मा पनि कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ।
‘दर खाएको ठाउँबाट कोरोना फैलिएको भन्ने आशंका पनि छ,’ उनले भने, ‘त्यहाँ को-को गएका थिए पत्ता लगाएर स्वाब संकलन गरी परीक्षण गर्छौं।’
संक्रमितको संख्या वृद्धि भइरहे पनि समुदायस्तरमै फैलिसकेको छ भनेर भन्न नसकिने उनले बताए।
‘अहिलेसम्म हाम्रो नगरभित्र ७१ जनामा कोरोना पुष्टि भइसकेको छ,’ उनले भने, ‘जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गरेको छ। हामीले पनि गोठाटारदेखि काँडाघारी क्षेत्रमा थप कडाइ गरिरहेका छौं।’
जहाँ कोरोना संक्रमित देखिन्छन् उक्त टोलमा सिल गरेर कन्ट्याक्ट ट्रेसिङ गर्दै स्वाब संकलन गरी परीक्षण गरिएको पनि उनले जानकारी दिए।
निषेधाज्ञा कडाइका साथ लागू गर्न नसक्दा थप समस्या देखिएको उनले बताए।
पछिल्लो समय काठमाडौं उपत्यकामा दैनिक औसत २ सयका दरले कोरोना संक्रमित थपिइरहेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस