काठमाडौं – कोरोनाभाइरस सङ्क्रमणबाट विश्वभरि आठ लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्ला दिनहरुमा अमेरिका, ब्राजिल र भारतमा सबैभन्दा बढी सङ्क्रमितको मृत्यु हुँदै आएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयर्टसका अनुसार कोभिड–१९ बाट मृत्यु हुने तथ्याङ्क शनिबार आठ लाख नाघेको हो । कोरोनाभाइरसले प्रति चौबीस घण्टामा पाँच हजार नौ सय सङ्क्रमितको औसतमा मृत्यु भएको छ । रोयटर्सले पछिल्लो केही साता लगाएर तयार गरेको तथ्याङ्क अनुसार प्रति घण्टा विश्वमा २४६ जना सङ्क्रमणले ज्यान गुमाएका छन् । प्रति १५ सेकेण्डमा एक सङ्क्रमित व्यक्ति श्वास लिन छाड्छन् ।
मृत्युदर पछिल्लो समय बढ्दै आएको छ । पछिल्लो १७ दिनमा एक लाख व्यक्तिको सङ्क्रमणबाट निधन भएको छ । त्यसअघि छ लाखबाट सात लाख सङ्क्रमितको मृत्यु हुँदा पनि १७ दिन नै लागेको थियो ।
अमेरिकामा शनिबार मृतकको संख्या एक लाख ७० हजार नाघेको छ । अमेरिकामा एक सातामा तीन लाख ६० हजार सङ्क्रमित थपिएका छन् । पछिल्लो साताको अपेक्षा नयाँ थपिने सङ्क्रमितको संख्यामा कमी आएको छ ।
भारतमा भने कोरोनाभाइरसबाट पहिलो मृत्यु भएको पाँच महिनापछि सोमबार पचास हजार नाघेको छ । २० लाख भन्दा बढी सङ्क्रमित पुष्टि भएको अमेरिका र ब्राजिलपछि भारत तेस्रो राष्ट्र हो । विश्वमा कोरोनाभाइरसबाट हुने मृत्युदर ३.५ प्रतिशत हुँदा भारतमा १.९ प्रतिशत रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस