वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालमा शनिबार राति ३ सय २० जनाको स्वाब परीक्षण गर्दा एक सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ९ जना बारा, ५ जना रौतहट र बाँकी पर्साका बासिन्दा हुन् । प्रयोशाला स्रोतका अनुसार ३४ महिलासहित १ सय ५६ जनामा कोरोना पुष्टि भएको हो ।
४३ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना पोजिटिभ पाइएका हुन् । नेसनल मेडिकल कलेजका तीन जनासहित पाँच जना चिकित्सक पनि संक्रमित भएका छन् । वीरगन्जको एक एफएमका ५ जना सञ्चारकर्मीमा कोरोना पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका ९ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ । जीतपुर आर्मी ब्यारेकका दुईजना स्टाफ संक्रमित भएका छन् । नेपाल फर्मास्युटिकल्स लिमिटेडका ९ जना र हिमाल आइरन स्टिलका ३ जना स्टाफमा संक्रमण पुष्टि भएको छ । सुख्खा बन्दरगाहका दुई जनामा कोरोना पोजिटिभ देखिएको छ ।
वीरगन्ज महानगरपालिका– १४ पिप्रामा १६ जना र छपकैयामा १० जना संक्रमित थपिएका छन् । वीरगन्जका अन्य संक्रमितहरु राधेमाई, माईस्थान, रामटोल, श्रीपुर, रेशमकोठी, नगवा, मुर्ली, तेजारथ टोल, कुम्हालटोल, गणेशटोल, अपौनी, बसडिल्वा, भिस्वाका बासिन्दा हुन् । पर्सागढी नगरपालिकामा थप ४ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी पर्साको बिन्दवासनी गाउँपालिकामा ९ जनामा कोरोना देखिएको छ । पटेर्वासुगौली, बिन्दवासनी गाउँपालिकामा समेत संक्रमित थपिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस