वीरगञ्ज – पर्साको वीरगञ्जमा उपचाररत थप १ जना संक्रमित महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । पर्साको वीरगञ्जमा रहेको बीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर निवासी ५६ वर्षीय कोरोना संक्रमित महिलाको शनिबार बेलुका ७ः ३० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
गत साउन २४ गते देखि अस्पतालमा उपचाररत संक्रमित महिलाको शनिबार उपचारकोक्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले आईतबार बिहान पुष्टि गरेको हो ।
ज्वरोका साथै खोकी र श्वास प्रश्वासमा समस्या भएपछि साउन २२ गते नारायणी अस्पतालमा स्वाब संकलन गराएकी ती महिलाको नारायणी अस्पतालको प्रयोगशालामा पिसिआर परिक्षण गर्दा साउन २४ गते कोरोना पोजेटिभ देखिएको थियो ।
साउन २४ गते कोरोना पोजेटिभ देखिएदेखि नै ती महिलालाई बीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालको आईसियूमा राखेर उपचार गरिदै आएको थियो ।
हाईपो थाईरोइड रोगको बिरामी रहेकी ती महिलामा कोरोना पोजेटिभ रहेको र ज्वरो , खोकी लाग्नुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि आईसियूमा राखेर उपचार गरिएको तर स्वास्थ्यमा सुधार नभएकाले पछिल्लो १२ घण्टा भेन्टीलेटरमा राखेर उपचार गरिरहेको अवस्थामा मृत्यु भएको बीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालकी मेट्रोन भूमिका अधिकारीले बताइन् ।
यी संक्रमित महिलाको मृत्युसंगै वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ । साउन यतामा मात्रै मृत्यु हुनेको संख्या ३२ पुगेको छ । वीरगञ्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेमा पर्साका २८ , बाराका ५ र रौतहटका २ जना र जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएका हालसम्म पहिचान खुल्न नसकेका एक संक्रमित युवक रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस