वीरगञ्ज – पर्सा जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेर एक हजार पाँच सय नाघेको छ । मङ्गलबार पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको राति अबेर आएको रिपाेर्टअनुसार नयाँ १०८ जनामा सङ्क्रमण पुष्टि भएसँगै पर्सामा सङ्क्रमितको सङ्ख्या एक हजार ५८२ पुगेको हो ।
जिल्लामा रहेका सङ्क्रमितहरूमा वीरगञ्जमा बस्ने २० जना भारतीय नागरिक, १०२ जना विभिन्न स्वास्थ्यसंस्थामा कार्यरत स्वास्थ्यकर्मी, ४६ जना विभिन्न अस्पतालका विभिन्न विभागका कर्मचारी, ७३ जना विभिन्न सुरक्षा निकायमा सुरक्षाकर्मी, छ जना विभिन्न सञ्चारमाध्यमका पत्रकार र ८९ जना कैदीबन्दी तथा थुनुवा रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरका अनुसार मङ्गलबार नारायणी अस्पतालको प्रयोगशालाबाट कोरोना सङ्क्रमण पुष्टि भएका १०८ सङ्क्रमितहरूमा सर्वाधिक पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाका ९० जना रहेका छन् ।
मेयरसहित १५ जनामा सङ्क्रमण देखिएपछि उनीहरूको कन्टयाक्ट ट्रेसिङका आधारमा साउन ३१ गते बैरिया बिर्ता र भौराटारमा सङ्कलन गरिएको स्वाबको नमुनालाई पीसीआर परीक्षण गर्दा तीमध्ये ९० जना सङ्क्रमण पुष्टि भएको हो । बहुदरमाई नगरपालिका वडा नम्बर ५ भौराटारका मात्र ६५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै नगरपालिकाको वडा नम्बर २ बैरियाविर्ता पिप्राका २० जना, वडा नम्बर ३ नगरदाहाका तीन जना र त्यहीँकाे स्वास्थ्य चौकीमा कार्यरत एक जना स्वास्थ्यकर्मीसहित चार जना र गम्हरियामा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै वीरगञ्जस्थित नारायणी वयोधा अस्पतालका थप छ जना कर्मचारीमा पनि सङ्क्रमण पुष्टि भएको छ । सोमबार राति उक्त अस्पतालमा ३० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
पर्साकै जीराभवानी गाँउपालिका वडा नम्बर २ र ३ का चार जना, छिपहरमाइ गाँउपालिका वडा नम्बर ५ का एक जनामा पनि सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निरीक्षक ठाकुरले जानकारी दिनुभयो । वीरगञ्जमा रहेको भारतीय महावाणिज्य दूतावासका १४४ वर्षीय पुरुषमा समेत सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै अन्य थपिएका सङ्क्रमितहरूमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाका दुइ जना, वडा नम्बर ५, १० , १२ र २५ का एक-एक जना रहेका छन् ।
पर्सामा साउनयता मात्रै एक हजार ४२५ जनामा सङ्क्रमण पुष्टि भएको छ भने जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार भदौ २ गते साँझसम्म ३२३ जना सङ्क्रमितहरू उपचारपश्चात निको भई घर फर्किसकेका छन् ।
नारायणी अस्पतालको प्रयोगशालामा मङ्गलबार गरिएको पीसीआर परीक्षणमा बारा जिल्लामा रहेको श्री चण्डी गणका चार नेपाली सेना तथा जिल्लाका विभिन्न स्थानका अन्य चार जना गरी आठ जना र सप्तरी जिल्ला वडा नम्बर २ निवासी १८ वर्षका एक जना युवकमा पनि सङ्क्रमण पुष्टि भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस