सर्लाही – सर्लाहीको हरिपुरमा जोखिम भत्ताको माग गर्दै नगरपालिका कार्यालयमा धर्नामा बसिरहेका तीन जना स्वास्थ्यकर्मीसहित ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा थ्रोट स्वाब परीक्षण गराउँदा स्वास्थ्यकर्मी, कर्मचारी, समाजसेवी, व्यापारी लगायत गरी ३१ जनाको पोजिटिभ रिपोर्ट आएको हरिपुर नगरपालिका, स्वास्थ्य शाखा संयोजक बिकाउ महतोले जानकारी दिए । उनका अनुसार सङ्क्रमित स्वास्थ्यकर्मीमध्ये एक जना स्वास्थ्य चौकीको इन्चार्ज समेत रहेका छन् । सङ्क्रमित तीनै जना स्वास्थ्यकर्मी अन्य स्वास्थ्यकर्मीहरुसँगै गत शुक्रबारदेखि धर्नामा बसिरहनु भएको थियो ।
सङ्क्रमित स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखेर धर्नामा बस्ने अन्यलाई सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको स्वास्थ्य शाखा संयोजक महतोले बताए । स्वास्थ्यकर्मी बाहेकका सङ्क्रमितहरुको पनि खोजपर्ताल गरी आइसोलेसनमा राख्ने काम भइरहेको छ ।
हरिपुर नगरपालिकाले गत बिहिवार जोखिममा रहेर काम गरिरहेका २४६ जनाको थ्रोट स्वाब सङ्कलन गरेको थियो । त्यसमध्ये मङ्गलवार दिउँसोसम्म करिव एक सय जनाको रिपोर्ट आउँदा ३१ जनामा सङ्क्रमण पाइएको हो । एकैपटक ठूलो सङ्ख्यामा सङ्क्रमित थपिएपछि आपतकालिन बैठक बसेर थप सतर्कता अपनाउँदै निषेधाज्ञामा कडाई गर्ने निर्णय भएको नगर प्रमुख जमिरुदिन मन्सुरले जानकारी दिएका छन् ।
यस्तै मङ्गलबार नै जिल्लाको कौडेना गाउँपालिकामा ५८ जना र विष्णु गाउँपालिकामा पाँच जना स्वास्थ्यकर्मीसहित १२ जनामा सङ्क्रमण पुष्टी भएको छ । जिल्लाका विभिन्न पालिकाहरुले सङ्कलन गरेर पठाएको थ्रोट स्वाबको धमाधम परीक्षण रिपोर्ट आइरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस