वीरगञ्ज – पर्सामा एकै दिन अहिलेसम्म कै सबैभन्दा बढी एक सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सोमबार राती पर्साका ६८ जना तथा वीरगञ्जको नारायणी बयोधा अस्पतालका मात्रै डाक्टर, नर्स, बिरामी गरी ३० जना र वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सोमबार राती आएको रिर्पोट अनुसार पर्साका ५५ जना गरी १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गत साउन २६ र २७ मा नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट अभाव भएपछि संकलति ११ सयभन्दा बढी स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएकोमा ति स्बावहरु प्रिक्षण गर्दा पर्साका ६८ जना र वीरगञ्जको नारायणी बयोधा अस्पतालका डाक्टर, नर्स , बिरामीको स्बाव परिक्षण गर्दा अन्य ३० जनामा संक्रमण पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार सोमबार राति टेकु प्रयोगशालाले पठाएको संक्रमितको विवरणअनुसार पर्साका १६ महिलासहित थप ६८ जना र बयोधा अस्पताल अन्य ३० जनामा कोरोना संक्रमण देखिएको हो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा रहेको श्रीपुर विद्यापीठ माध्यमिक विद्यालयमा स्वाब दिएकामध्ये ५७ जनामा र त्रिजुद्ध माध्यमिक विद्यालयमा स्वाब दिएका मध्येबाट ११ जनामा गरी ६८ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिएका छन् ।
बयोधा अस्पतालका ६ जना डाक्टर, ११ जना नर्स, १२ जना कर्मचारी र १ जना बिरामी गरी ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।
त्यसैगरी सोमबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका ५५ जनामा कोरोना पुष्टि भएको थियो । नारायणी अस्पतालबाट पुष्टि भएका संक्रमितहरुमा पर्साको बहुदरमाई नगरपालिकाका २५ जना रहेका छन् । बहुदरमाई नगरपालिका वडा नं. ४ बहुअरीका २० जना र वडा नम्बर ५ , ६ , ७ , ८ , ९ का १÷१ जना गरी २५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तैगरी थपिएका अन्य संक्रमितमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ५ जना र वडा प्रहरी कार्यालय विर्तामा कार्यरत २ जनागरी ७ जना प्रहरी , नारायणी अस्पतालका एक जना चिकित्सक, एक जना ओपिडीका कर्मचारी , वीरगञ्ज महानगरपालिका वडा नं. १० मुर्ती चोकका ८ जना र वीरगञ्ज १ छपकैयका ६ जना , वीरगञ्ज ४ वीर्ताका ३ जना , नेशनल मेडिकल कलेजका २ जना , वीरगञ्ज ८ , ११ , १४ र १६ का १÷१ जना रहेको स्वास्थ्य निरिक्षक ठाकुरले जानकारी दिए ।
टेकु प्रयोगशालाको पर्साका ६८ र वीरगञ्जको बयोधा अस्पतालका ३० जना अनि वीरगञ्जको नारायणी अस्पताल प्रयोगशालाको ५५ गरी सोमबार मात्र पर्सा जिल्लामा १५३ जना नयाँ संक्रमित थपिएका हुन् । सोमबार थपिएका १५३ जना संक्रमितसँगै पर्सा जिल्लामा संक्रमितको संख्या १ हजार ४ सय ७४ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस