नेपालगञ्ज – कोरोनाका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या जिल्लामा चार पुगेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले नेपालगञ्ज उपमहानगरपालिका–५ का ६२ बर्षिय जडीबुटी व्यवसायी समाजसेवी मुस्लिम समुदायका पुरुषको सोमवार राति ११ः४० बजे नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको बताएका छन् ।
उनले ती पुरुषको उपचारका क्रममा सो अस्पतालमा मृत्यु भएको बताए। जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार मृतकको दुवै तर्फको फोक्सोमा निमोनिया भएको थियो ।
श्रेष्ठका अनुसार उनलाई ३० साउनमा लक्षण देखिएपछि परिवारका सदस्यले ३२ साउनमा उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरेका थिए ।
कोरोनाको लक्षण देखिएपछि अस्पतालको आइसोलेसनमा राखेर उनको उपचार शुरु गर्नुका साथै पिसिआर जाँचका लागि स्वाब लिइएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले जनाएको छ । सोमवार दिउँसो ३ बजे उहाँको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज शिक्षण अस्पतालका सह निर्देशक डा. रोमन किदवाईले मृतकलाई कोराना भएको पुष्टि भएपछि उनको अवस्था चिन्ताजनक हुँदै गएकोले प्लाज्माका लागि संक्रमणबाट निको भएकालाई रगत दिन आह्वान गरिएको बताए ।
कसैले पनि ए पोजेटिभ रगत नदिएपछि उनको उपचार अगाडि बढ्न नसकेको र अवस्था विग्रदै गएपछि उनको मृत्यु भएको उनले बताए ।
यसअघि नरैनापुर गाउँपालिका–५, मटेहियाका २५ बर्षिय युवा, बैजनाथ गाउँपालिकाकी ६५ बर्षिया महिला र कोहलपुर नगरपालिका–२ की ७० बर्षिया महिलाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस