काठमाडौँ – विकासको प्रकृयामा रहेको चिनियाँ खोपको दोस्रो चरणको परीक्षण पनि आशाजनक देखिएको छ । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार दोस्रो चरणको क्लिनिकल ट्रायलको ‘डाटा’ले खोप सुरक्षित र प्रभावकारी देखिएको छ । खोपले प्रतिरोधी क्षमता विकास गरेको सिन्ह्वाले उल्लेख गरेको छ ।
उक्त खोपको दोस्रो चरणको क्लिनिकल ट्रायलको ‘डाटा’ अमेरिकी मेडिकल असाेसिएसनको जर्नलमा प्रकाशन गरिएको छ । शोधपत्रमा पहिलो र दोस्रो चरणमा गरिएको ‘ट्रायल’को अन्तरिम विश्लेषण गरिएको छ । उक्त खोपको चिनियाँ नेसनल बायोटेक ग्रुपको वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्सअन्तर्गत सिनोफार्मले विकास गर्दैछ ।
ट्रायलमा १८ देखि ५९ वर्ष उमेर समूहका ३२० जना स्वस्थ्य स्वयंसेवीलाई सहभागी गराइएको थियो । जसमध्ये ९६ जना पहिलो चरणको क्लिनिकल ट्रायलमा भाग लिए । बाँकीको २२४ जना दोस्रो चरणको ट्रायलमा भाग लिएको जनाइएको छ ।
कम, मध्यम र बढी गरी तीन मात्रामा खोप लगाइएको थियो । खोपको प्रयोगले प्रभावकारी रुपमा प्रतिजिवी तटस्थ बनाउन प्रेरित गरेको पाइयो । र प्रतिरोधी क्षमता राम्रो देखापर्यो ।
शोधपत्रमा खोपको प्रयोग कत्तिको सुरक्षित रहेकोसमेत मूल्याङ्कन गरिएको छ । खोपको प्रयोगले गम्भीर प्रकारको प्रतिकूल असर नगरेको प्रकाशित शोधलाई उद्धृत गर्दै सिन्ह्वाले उल्लेख गरेको छ ।
खोप लगाइएको शरीरको भागमा दुखाइ हुनुका साथै ज्वरो आउने र पछि स्वतः निको हुने देखिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस