वीरगञ्ज – एक जना सञ्चारकर्मी सहित पर्सामा थप ४५ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणको शनिबार साँझ आएको परिक्षण रिपोर्टअनुसार पर्साका ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार शनिबार साँझ आएको परिक्षण रिपोर्टअनुसार पर्साका ४५ र बाराका २ जना गरी ४७ जनामा संक्रमण पुष्टि भएको हो । शनिबार साँझ संक्रमण पुष्टि हुनेमा ८ वर्षदेखि ७० वर्ष उमेर समुहका ३७ जना पुरुष र १० जना महिला गरी ४७ जना रहेका छन् ।
थपिएका संक्रमितहरुमा वीरगञ्ज महानगरका बिभिन्न वडाका १३ जना , नारायणी अस्पतालका ७ जना , प्राईम फर्मा उद्योगका ६ जना , नारायणी अस्पतालको आइृसियूमा उपचाररत १ पुरुष र १ महिला गरी २ जना , एक जना पत्रकार , वयोधा अस्पतालका तीन जना कर्मचारी , पर्सा कै पोखरिया नगरपालिकाका बिभिन्न वडाका १२ जना , पर्सा कै बहुदरमाइ नगरपालिकाका १ जना पुरुष रहेका छन् ।
त्यस्तैगरी संक्रमण पुष्टि भएका अन्यमा बारा जिल्ला महागढीमाई वडा नम्बर ५ कबहीका ४० बर्षीय १ जना पुरुष र बारा जिल्ला कलैया वडा नम्बर १ का ६० बर्षीय पुरुष गरी २ जना रहनु भएको छ ।
शनिबार थपिएका ४५ जना संक्रमितसँगै पर्सामा संक्रमितको संख्या एक हजार २ ३४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
यसैबीच शुक्रबार र शनिबार गरी दुईदिनमा पर्साको वीरगञ्जका बिभिन्न कोभिड अस्पतालमा उपचाररत ७० जना संक्रमितहरु कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।
गण्डक अस्थायी कोभिड अस्पतालका कोअर्डिनेटर डा. उदय नारायण सिंहले शुक्रबार र शनिबार गरी दुईदिनमा उपचाररत ७० जना संक्रमितहरु संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका छन् ।
वीरगञ्ज हेल्थ केयर र गण्डक अस्थायी कोभिड अस्पतालबाट शुक्रबार ३६ जना र शनिबार ३४ जना गरी ७० जना संक्रमण मुक्त भई डिस्चार्ज भएको उनले बताए ।
संक्रमण मुक्तहुनेमा एक जना पत्रकार , नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसीया, वीरगञ्ज कारगारका प्रमुख श्रवण पोखरेल, वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानु सहित १३ जना महिला र ५७ जना पुरुष संक्रमण मुक्तभई अस्पतालबाट डिस्चार्ज भएका हुन् भएको हो । संक्रमण मुक्त हुनेमा १ जना २ वर्षे बालिका र २ जना डाईलाईसिस सेवा लिई रहेका मृगौला रोगी समेत रहेका छन् ।
कोरोना संक्रमण पुष्टि भएपछि कोभिड अस्पताल भर्ना गरी उपचारका क्रममा गरिएका पिसिआर परिक्षणमा नेगेटिभ रिर्पोट आएपछि ती संक्रमितहरुलाई संक्रमणमुक्त घोषणा गर्दै अस्पतालले डिस्चार्ज गरेको हो । हालसम्म पर्सा जिल्लाबाट उपचारपश्चात ३ सय ७ जना संक्रमणमुक्त भई डिस्चार्ज भईसकेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस