वीरगञ्ज – वीरगञ्जको नारायणी अस्पतालअन्तर्गतको अस्थायी कोभिड अस्पताल गण्डकमा उपचाररत एक सङ्क्रमितको शुक्रबार साँझ मृत्यु भएको छ । याेसँगै नेपालमा मृत्यु हुनेकाे सङ्ख्या एक सय पुगेकाे छ तर औपचारिक घाेषणा हुन बाँकी छ ।
अस्थायी कोभिड अस्पताल गण्डकका कोअर्डिनेटर डा. उदयनारायण सिंहका अनुसार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भई विगत सात दिनदेखि अस्थायी कोभिड अस्पतालमा उपचारत वीरगञ्ज महानगरपालिकाको मुर्लीका ६० वर्षीय वृद्धको उपचारका क्रममा शुक्रबार साँझ ७ बजे मृत्यु भएको हो ।
पहिलेदेखि नै उच्चरक्तचाप, मधुमेह तथा प्यारालाइसिस रोगबाट पीडित वृद्धलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि साउन २४ गतेदेखि अस्थायी कोभिड अस्पतालमा उपचार गरिएको थियो ।
‘वृद्ध रोगी भए पनि कोभिड निमोनिया थिएन भने शरीरमा अक्सिजनको मात्रा पनि ठिक थियो तर शुक्रबार साँझ अचानक स्वास्थ्यमा समस्या आयो । चिकित्सकहरूले उपचार गरी बचाउने प्रयास गर्नुभयो तर बचाउन सकिएन ।’ डा. सिंहले बताए ।
शुक्रबार एक सङ्क्रमित वृद्धको मृत्यु भएसँगै वीरगञ्जमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ भने साउन महिनामा मात्रै २२ जनाको मृत्यु भइसकेको छ । मृत्यु भएका २६ मध्ये पर्साका १९, बाराका पाँच, रौतहटका एक रहेका छन् भने जेठ ३१ गते वीरगञ्जको घण्टाघरछेउमा मृत फेला परेका एक सङ्क्रमित युवकको हालसम्म पहिचान हुन सकेको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस