कोरोनाभाइरसको संक्रमण भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा पुगेका छन्।
मंगलबार बिहान सेनाको रिसर्च एन्ड रिफरल (आरएन्डआर) अस्पतालले उनी कोमामा पुगेको जानकारी दिएको छ। यद्यपी मुखर्जीका मुख्य सूचकहरू भने स्थिर रहेको हिन्दुस्तान टाइम्सले स्रोतलाई उद्धृत गर्दै लेखेको छ।
अस्पतालले उनको स्वास्थ्य अवस्थामा कुनै परिवर्तन नआएको र भेन्टिलेटरकै सहयोगमा रहेको बताए।
पूर्वराष्ट्रपति मुखर्जीलाई सोमबार नयाँ दिल्लीस्थित आरएन्डआर अस्पतालमा भर्ना गरिएको थियो। उनको दिमागमा क्लोट देखेपछि अपरेशन गरेको थियो।
बिहीबार बिहानदेखि नै पूर्वराष्ट्रपति मुखर्जी बितेको समाचार बाहिर आएपछि उनका छोरा अभिजित मुखर्जीले ट्वीटसमेत गरेका छन्।
उनले भ्रामक समाचारहरू फैलाउन बन्द गर्न आग्रह गरेका छन्।
‘प्रतिष्ठित पत्रकारहरूले नै सामाजिक सञ्जालमा अनुमानका भरमा र फेक न्युज फैलिनुले प्रष्ट पार्छ कि भारतमा मिडिया फेक न्युजको फ्याक्ट्री बनेको छ,’ उनले ट्वीट गरेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस