सिन्धुपाल्चोक – सल्यानबाट यही साउन १७ गते जुगल आएका जुगल–५ का सेती देवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना देखिएपछि सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको कार्यालय आजदेखि बन्द गरिएको छ ।
शिक्षकमा कोरोना देखिएपछि गाउँपालिका कार्यालयसहित ५ नं वडा कार्यालयसमेत बन्द गरिएको हो । वडा नं ५ मा नै गाउँपालिका कार्यालय रहेकाले गाउँपालिका कार्यालय पनि बन्द गरिएको हो ।
भदौ १ गतेदेखि भर्ना अभियान सञ्चालन गर्ने र भदौ १५ बाट विद्यालयमा पठनपाठन सञ्चालन गर्ने सरकारको निर्णयअनुरुप सल्यानबाट ती शिक्षक जुगल आएका हुन् । उनीहरुले सल्यानबाट आउँदा काठमाडौँको थानकोटमा पिसिआर परीक्षणका लागि स्वाब दिएका थिए । त्यसपछि उनीहरु सिन्धुपाल्चोक आएको जुगल–५ का वडाध्यक्ष सनत अधिकारीले बताएका छन् । उनीहरुले धेरै मानिससँग भेटघाट गरेको पाइएको वडाध्यक्ष अधिकारीले बताए ।
हाल दुई शिक्षकमध्ये एकजना टेकु प्रयोगशालामा र अर्का जिल्ला अस्पताल चौताराको आइसोलेसनमा उपचाररत छन् । अब केही दिनमा नै कन्ट्याक ट्रेसिङको काम थालिने वडाध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस