वीरगञ्ज – पर्सामा एक दिनमा हालसम्मकै सबैभन्दा बढी १३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको शुक्रबार बिहान सार्वजनिक गरिएको रिर्पोटमा अहिले सम्मकै एकै दिनमा सबैभन्दाबढी १३३ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि साउन २१ गते बुधबार ११२ जना संक्रमित फेलापरेकोमा शुक्रबार त्यो रेकर्ड तोडिएर एकै दिन १३३ जना नयाँ संक्रमित थपिएको हो ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जिल्ला प्रहरी कार्यालय पर्साका एक प्रहरी ४३ जना थुनुवा , नेपाली सेनाका ५ सहित शुक्रबार पर्साका १३३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । २ जना पर्सागढी नगरपालिका र बाँकी सबै १३१ जना वीरगञ्ज उपमहागरपालिका भित्रका रहेको उनले बताए ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको शुक्रबार बिहान आएको रिर्पोटमा बारा जिल्लाका चार जना रौतहट जिल्लाका चार जना र पर्सा जिल्लाका १३३ जना गरी १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायले बताएका छन् । नयाँ थपिएका संक्रमितहरुमा २१ जना महिला र एक १२० जना पुरुष गरी १४१ जना रहेका छन् ।
शुक्रबार थपिएका संक्रमितहरुमा जिल्ला प्रहरी कार्यालय पर्साका १ प्रहरी ४३ थुनुवा गरी ४४ जना , ५ जना नेपाली सेना , २२ जना भारतीय सिमासंग जोडिएको वीरगञ्ज महानगरपालिकाको श्रीर्सिया खल्वाटोलाका , २ जना वीरगञ्ज कारागारका, १ जना नेशनल मेडिकल कलेजका , १ जना तराई हस्पिटलका , १ जना पशु अस्पतालका रहेका छन् ।
त्यस्तैगरी थपिएका अन्य नयाँ संक्रमितहरुमा वीरगञ्ज महानगरपालिकाको श्रीपुर, तेजारथ टोल, चिनीमिल, गण्डक बहुअरी, मुर्ली, भिस्वा, घडिअर्वा पोखरी, अशोक वाटिका, छपकैया, सबैठवा, पिपरा, रानीघाट, प्रतिमा चौक, गणेशमान चोक, आदर्शनगर, अलौं, भवानीपुर, सुक्खा बन्दरगाह नजिकको टोलका रहेका छन् । शुक्रबार १ सय ३३ जना संक्रमित थपिएसँगै पर्सामा संक्रमितको संख्या ९ सय ४ पुगेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस