महोत्तरी- महोत्तरीमा कोभिड–१९ रोकथामका लागि सञ्चालित क्वारेन्टिन केन्द्र स्वात्तै घटेका छन् । जिल्लामा १०० भन्दा माथि पुगेका केन्द्रहरु घटेर अहिले ३२ कायम भएका छन् । केन्द्रमा बस्नेहरु परीक्षणपछि घर फर्केपछि क्वारेन्टिन केन्द्रको सङ्ख्या कम भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।
जेठमध्यताका भारतबाट घर फर्कनेको चाप बढेसँगै जिल्लामा १०५ सम्म क्वारेन्टिन केन्द्र सञ्चालनमा थिए । केन्द्रमा बस्नेको सङ्ख्या तीन हजारसम्म पुगेको थियो । क्रमशः जाँचपछि सङ्क्रमण पुष्टि भएका आइसोलेसनमा गएका र परीक्षण नतिजा नेगेटिभ भएका घर फर्केपछि केन्द्रको सङ्ख्या घटेका कार्यालयका कोभिड–१९ रोकथाम अभियानका स्रोतव्यक्ति तथा वरिष्ठ जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले जानकारी दिएका हुन् । अहिले केन्द्रमा ३२३ पुरुष र १८ महिलासमेत ३४१ जना रहेका छन् ।
जिल्लामा अहिले आइसोलेसनमा रहनेको सङ्ख्या पनि घटेर ९३ कायम छ । सङ्क्रमित उपचारपछि निको भएर घर फर्केपछि अहिले आइसोलेसनमा रहेकाहरुको सङ्ख्या ९३ कायम भएको हो । महोत्तरीमा पछिल्लोपटक बुधबार सङ्क्रमित नथपिएका कार्यालयले जनाएको छ । जिल्लामा कूल ७८४ जनामा सङ्क्रमण पुष्टि भएको छ । जम्मा १५ स्थानीय तह रहेका जिल्लाको सबै ठाउँमा धेरथोर सङ्क्रमण पुष्टि भएका छन् । जिल्लाको पश्चिमवर्ती भारतसँग सीमा जोडिएको सम्सी गाउँपालिकामा सबैभन्दा बढी २७५ सङ्क्रमित भएका पुष्टि भएको वरिष्ठ जनस्वास्थ्य निरीक्षक झाको भनाइ छ ।
पछिल्ला दिनमा सतर्कता भने घट्दै गएपछि सङ्क्रमण फेरि बढ्न सक्ने स्वास्थ्यकर्मीको चिन्ता छ । असार शुरु भएयता लकडाउन खुकुलिएसँगै जिल्लाका सबै बजार खोलिएका छन् । सीमा क्षेत्रमा पनि निर्वाध आवागमन बढेको छ । स–साना टेम्पु र म्याजिकजस्ता सवारी साधन चल्न थालेपछि सङ्क्रमण जोखिम भने झनै बढेको स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका हुन् । शारीरिक दूरी निर्वाह गर्ने, सबैले अनिवार्य मास्क लगाउने र कोरोना सतर्कतासँग जोडिएका आन्तरिक सुरक्षा प्रबन्ध अपनाउन पनि लापरवाही बढेको वरिष्ठ स्वास्थ्य निरीक्षक झाले चिन्ता व्यक्त गरेका छन्। यसतर्फ स्थानीय तहले आवश्यक सतर्कता बढाउन आवश्यक देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस