धनुषा – प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा धनुषा, महोत्तरी तथा पर्सामा गरेर कूल २९ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । प्रादेशिक प्रयोगशाला जनकपुरधाम तथा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिइएको पीसीआर परीक्षणमा धनुषामा तीन जना, महोत्तरीमा २४ जना तथा पर्सा जिल्लामा दुई जनामा सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकाको क्वारेन्टिनमा १९, २२ र ३५ वर्षका पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । यसैगरी, महोत्तरीको सम्सी नगरपालिकामा १४ वर्ष देखि ३३ वर्षका चार जना पुरुष, औरही नगरपालिकाको क्वारेन्टिनमा एक वर्षकी एक बालिका र एकै वर्षका अर्का एक बालकसहित ३९ देखि ४५ वर्षका १० जना तथा लोहपट्टी नगरपालिकामा २० वर्षदेखि ३८ वर्षसम्मका १० जना पुरुषमा सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसैगरी, पर्साको कामु प्यालेस होटलमा ३२ वर्षका पुरुष तथा ३२ वर्षका महिलामा कोरोना पुष्टि भएको मन्त्रालयका सचिव डा घिमिरेले जानकारी दिए । पछिल्लो पटक सङ्क्रमण पुष्टि भएकासहित सङ्क्रमित हुनेको सङ्ख्या तीन हजार १९ जना पुगेको छ । जसमा २०० महिला तथा तीन हजार ११९ जना पुरुष रहेका छन् । पछिल्लो पटक सङ्क्रमितबाट घर परिवारमा पनि सरेकाले बालबालिकामा सङ्क्रमण बढ्दै गएको स्वास्थ्य निर्देशनालयका उपनिर्देशक विजयकुमार झाले जानकारी दिए । सङ्क्रमितहरु घर परिवारको सम्पर्कमा आउनु चिन्ताको विषय भएको उन ले उल्लेख गरे ।
प्रदेश नंं २ को विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचारमा रहेका २४ जना कोरोनाका बिरामीहरु सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ४१५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस