टोकियो- जापानको ओसाका प्रान्तमा करिव दुई महिना भन्दा बढी समय पश्चात कोरोनाका नयाँ संक्रमित शुन्य भएका छन् । आइतवार एक जना पनि संक्रमित नभेटिएको प्रान्त सरकारका अधिकारीले बताएका छन् ।
ओसाका जापान सरकारले आपतकाल लगाएका ८ राज्यहरु मध्ये एक हो । त्यहाँ सरकारले कोरोना संक्रमणकै कारण व्यापार व्यावसायमा आंशिक रुपमा प्रतिवन्ध समेत लगाएको छ । शनिवार बसेको सरकारी बैठकले व्यवसाय सञ्चालनमा केही सहजता भने ल्याउने जनाएको छ ।
सरकारले निश्चित मापदण्ड पुर्याएर सिनेमा घर, रेष्टुरेन्ट आदी क्षेत्रलाई रातको ८ बजे बाट बढाएर १० बजे सम्म सञ्चालन गर्ने अनुमति समेत दिएको छ ।
जापान सरकारले आफ्ना ४७ मध्ये ३९ राज्यहरुमा आपतकाल घोषणा गरेको छ । संक्रमण दर न्युन भए सँगै सरकारले व्यापार व्यवसायहरुलाई आंशिक रुपमा सञ्चालनमा ल्याई आर्थिक गतिविधि सुरु गर्ने तयारी समेत गरेको छ ।
यता राजधानी टोकियोमा भने संक्रमण हुने क्रम जारी नै रहेका कारण आपतकाल मे महिनाको ३१ तारिखसम्म जारी नै रहने सरकारी अधिकारीहरुले जनाएका छन् । यो अवधिमा सरकारले नागरिकहरुलाई भौतिक दुरी कायम राख्न तथा घरमै बस्न समेत सरकारले अनुरोध गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस