फिदिम- पाँचथरमा सर्वसाधारणबाट लकडाउनको प्रभावकारी कार्यान्वयनमा असहयोग भएको छ । सर्वसाधारणकैहितका लागि कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न लकडाउन जारी गरिएको भए पनि यहाँ सर्वसाधारणबाट लकडाउन उल्लङ्घन गर्ने क्रम बढ्दो छ । बजारी तथा ग्रामीण इलाकामा बढेको लकडाउन उल्लङ्घनले सङ्क्रणको जोखिम बढाएको छ । कोरोना भाइरस सङ्क्रमणको लामो समयपछि समेत कोभिड–१९ का लक्षणहरु देखिने हुँदा लकडाउन उल्लङ्घनले समस्या निम्तन सक्ने भन्दै प्रशासनले लकडाउनको प्रभावकारी कार्यान्वयनमा सघाउ पु¥याउन जिल्लावासीलाई अपिल गर्दै आएको छ ।
जिल्लाको सदरमुकाम फिदिममै अत्यावश्यकबाहेकका बजार पसलसमेत खोल्ने, अनावश्यक भीडभाड गर्ने तथा सवारी साधन सञ्चालन गर्ने क्रम बढेको छ । सदरमुकाममा अत्यावश्यकबाहेकका शृङ्गार, लत्ताकपडा, निर्माण सामग्रीलगायत पसलसमेत आंशिकरूपमा खुल्न थालेका छन् । प्रहरीले कडाइ गरेको समयमा यस्ता पसल बन्द गर्ने र प्रहरीको आँखा छलेर खोल्ने क्रम बढ्दो छ । प्रहरीले दैनिकरूपमा गस्ती गर्नुका साथै सर्वसाधारण तथा व्यवसायीलाई समेत तुल्याउँदै आएको भए पनि लकडाउन कार्यान्वयनमा सर्वसाधारणबाट सहयोग भएको छैन ।
यहाँका सानादेखि ठूलासम्म किराना पसल विगतबाटै आंशिकरूपमा खुल्दै आएकामा पछिल्लोपटक अन्य पसलसमेत खुल्न थालेका हुन् । यहाँ धेरै किराना पसल तथा स–साना होटल एकै स्थानबाट सञ्चालित छन् । जसकारण धेरै मानिस भेला हुने तथा भीडभाड हुने गरेको छ । सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्रलगायतले लकडाउनको प्रभावकारी कार्यान्वयनमा सहयोग गरी कोभिड–१९ को सङ्क्रमणबाट बच्न सहयोग गर्न सर्वसाधारणलाई नियमितजसो अपिल गर्दै आएका छन् ।
यस्तै यहाँका ग्रामीण सडकमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधन सञ्चालन गर्ने क्रमसमेत बढिरहेको छ । प्रहरीको आँखा छलेर अत्यावश्यक काम नहुनेले समेत सवारी साधन सञ्चालन तथा प्रयोग गरिरहेका छन् । यस्तै खाद्यान्नलगायत अत्यावश्यकीय काममा खटिएका सवारीका साधनले समेत यात्रु बोक्ने गर्नाले सङ्क्रमणको जोखिम बढेको हो । प्रहरीले दैनिकजसो अत्यावश्यक काममा बाहेक सञ्चालित सवारी साधन नियन्त्रणमा लिने गरेको छ । तर, जनप्रतिनिधि तथा अन्य पहुँचवालाको दबाबमा नियन्त्रणमा लिइएका सवारी साधन एक÷दुई दिनमै छाड्ने क्रमले सवारी साधन सञ्चालन निर्वाधजस्तै बनेको छ ।
लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सुरक्षा निकायले मेची राजमार्ग, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग र अन्य मुख्य सडकहरुमा नियमित गस्ती तथा अनुगमन गर्दै आएको सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले जानकारी दिएका छन् । यस क्रममा सवारीका कारण राजमार्ग क्षेत्रमा कोभिड–१९ को सङ्क्रमण फैलन सक्ने भन्दै सुरक्षा निकायले सचेत तुल्याउन थालेका छन् ।
यद्यपि यहाँ निसङ्क्रमण, सचेतना तथा सतर्कता, लकडाउनको प्रभावकारी कार्यान्वयन, अत्यावश्यक सवारी साधन सञ्चालनमा रोक लगाउने कार्यमा स्थानीय तहहरुको प्रभावकारी भूमिका देखिएको छैन । अत्यावश्यक क्षेत्रका लामो दूरीका सवारीका साधनमा निसङ्क्रमण गरिएको छैन । सडक तथा बजारी क्षेत्रमा सचेतना र सतर्कताका लागि प्रभावकारी काम भएको छैन । निसङ्क्रमण तथा सचेतना अभावले राजमार्ग क्षेत्रमा सङ्क्रमणको त्रास कायम रहेको छ । जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले स्थानीय तहहरुलाई कोभिड–१९ नियन्त्रण तथा रोकथाममा सबै शक्ति प्रयोग गर्न आग्रह गरिएको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस