जुम्ला- भारत तथा तेस्रो मुलक र जिल्ला बाहिरबाट जुम्ला भित्रिने नागरिकलाई यहाँका स्थानीय तहले क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गरेपनि मापदण्डअनुसार क्वारेन्टाइन नभएको भन्दै उच्च अदालत सुर्खेत जुम्ला इजलासमा आइतबार रिट दायर गरिएको छ । नेपालको संविधान धारा, १४४(१) (२) बमोजिम विशेष तथा उपयुक्त अन्तरिम आदेशसहितको परमादेशको आदेश जारी गरी पाऊँ भनी निवेदक अधिवक्ता पदमबहादुर शाहीले रिट दायर गरेका छन् ।
मुख्यमन्त्री, मन्त्रिपरिषद्को कार्यालय, मन्त्री तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयसहित जुम्लाको एक नगरपालिका र सात गाउँपालिकाविरुद्ध रिट दायर गरिएको हो । त्यसैगरी सहायक प्रजिअ, संयोजक, क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन समिति जुम्लालाई पनि दायर रिटमा विपक्षी बनाएको छ ।
कानून व्यवसायी अधिवक्ता शाहीका अनुसार मापदण्डअनुसार क्वारेन्टाइन नभएको, बाहिर जिल्लाबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा नराखिएको, क्वारेन्टाइनमा राखिए पनि निमुखा सर्वसाधारण व्यक्तिलाई राखिएको छ । उनले भने,“बाहिर जिल्लाबाट आएका जोसुकै व्यक्तिलाई क्वारेन्टाइनमा राख्नुपर्ने हो तर पहँुच भएको व्यक्तिलाई नराखिएको भन्ने जनगुनासो बढेकाले अदालतमा रिट दायर गर्नु परेको हो ।”
क्वारेन्टाइनमा पनि बसेका व्यक्तिहरुले आवश्यक व्यवस्थापन पनि नभएको भन्ने जनगुनासो बढेपछि अदालतबाट रिट दायर गर्नु परेको उनले बताए । त्यसैगरी क्वारेन्टाइनमा राखिएका व्यक्तिको पनि समयमा कोरोना परीक्षण गरिएको छैन । कोरोना परीक्षणका लागि समयमा किट पनि ल्याउन नसकिएकाले अदालतमा रिट दायर गर्नु परेको जनाएको छ ।
क्वारेन्टाइन स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ को विपरीत लकडाउनबीच स्थानीय प्रशासनलाई समेत प्रभावमा पारी हजारौँ मानिसलाई जिल्ला भित्र्याएकाले कोरोना भाइरस फैलने त्रास बढेको दायर रिटमा उल्लेख गरिएको छ ।
बाहिर जिल्लाबाट गृह जिल्लामा आएका व्यक्तिलाई अनिवार्य १४ देखि १७ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गर्नुपर्ने र स्वास्थ्य परीक्षण गरी रोगको सङ्क्रमण नदेखिएमा मात्र घर जान पाउने व्यवस्था रहेको छ । गत १० चैतदेखि जुम्लामा १० हजार ३४९ जना बाहिरबाट गृह जिल्लामा भित्रिएका छन् । बाहिरबाट आएकामध्ये ६२६ जना क्वारेन्टाइनमा बसेका छन् भने ४५३ जना १४ दिनपछि क्वारेन्टाइनबाट घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले तथ्याङ्क सार्वजनिक गरेको छ ।
त्यसैगरी ५५८ जना होम क्वारेन्टाइनमा बसेका छन् । पाँच सय एकजनाको कोरोना परीक्षण गरिएको सबै जनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । जिल्लाभर ७३४ श्ययाको क्वारेन्टाइन र १२० श्ययाको आइसोलेशन अस्पताल रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस