पोखरा– नुवाकोट ककनीका प्रवीण तामाङसहित चार युवा आज बिहान पोखरा महानगरपालिका—३३ बाघमारास्थित सुनसान सडकमा हिडिरहेका थिए ।
गुल्मीदेखि हिँडेका ती युवाको अन्तिम गन्तव्य भने नुवाकोट जिल्लाको ककनी हो । गुल्मीमा घर बनाउने काम गर्दै आएका उनीहरू बन्दाबन्दीका कारण मजदूरी रोकिएपछि समस्यामा परेका हुन् । बन्दाबन्दी शुरु भएपछि पनि केही दिन त उनीहरूलाई खुल्छ की भन्ने आसा थियो । बन्दाबन्दी खुल्ने छाटकाट नदेखिएपछि अन्ततः हिडेरै भएपनि घरसम्म पुग्ने टुङ्गोमा पुगेको उनीहरूले बताए ।
“शनिबार विहान ८.०० बजे गुल्मीबाट हिडेका हौं, अब तीन दिनसम्ममा ककनी पुग्छौं की भन्ने लागेको छ,” प्रविण तामाङले भने, “खुट्टा दुःखे पनि सहेर हिडेका त छौं, ठाउँ ठाउँमा सुरक्षाकर्मीले रोक्ने भएकाले डराउँदै हिड्नु परेको छ ।”
गुल्मीबाट हिड्दा आफूहरू १२ जनाको समूहमा रहेको अर्का सहभागी कृष्ण तामाङले जानकारी दिएका छन् । उनका अनुसार पहिलो दिन पर्वतको कार्कीनेटा आइपुगेका उनीहरू त्यहीँको जङ्गलमा रात कटाएका थिए । “महामारीको बेला गाउँमा जाँदा पनि त्यहाँका स्थानीयवासीले के भन्छन्, के ठान्छन्, होला जस्तो लाग्यो, त्यसैले जङ्गलमा नै रात कटायौं,” उनले भने, “पानी परेको भए समस्या हुन्थ्यो, धन्न परेन ।”
आइतबार बिहानै हिड्ने क्रममा पर्वतको कार्कीनेटामा सुरक्षाकर्मीले रोकेपछि भने आफूहरू थप समस्यामा परेको उनले सुनाएका छन् । जेनतेन त्यहाँबाट फुत्किएर वैकल्पिक बाटो हुँदै अघि बढे पनि १२ जनाको समूहमा हिड्दा अझै समस्या पर्ने देखेर आफूहरू छुट्टाछुट्टै समूह बनाएर हिडेको उनले बताएका छन् । समूहमा सहभागी सबै जना नुवाकोटका भएको बताउँदै उनले आज कास्की र तनहूँ जिल्लाको सीमाना कोत्रे आसपासमा भेट्ने योजना रहेको जानकारी दिएका छन् ।
आइतबार दिनभर वैकल्पिक बाटो हिड्दै उहाँहरूको समूह स्याङ्जाको फेदीखोलास्थित जिरो किमी आइपुग्यो । त्यहाँ भने उनीहरुलाई ढुङ्गा खोज्दा देवता मिले जस्तै भयो, स्थानीयवासी एवम् निर्माण व्यवसायी रमेशकुमार शर्माले दाल चामल लगायतको खाद्यान्न जुटाइदिएर खाने तथा सुत्ने सबै व्यवस्था गरिदिएका छन् ।
सोमबार बिहानै हिडेका उनीहरु बेलुका पोखरा महानगरपालिका वडा नं ३३ स्थित बागमारा आइपुगे । हिँड्दा हिँड्दै थाकेको शरीर, छिप्पिइसकेको रातमा पानी परिरहेका बेला कहाँ ओत लागौं भन्ने चिन्ता रहेका अवस्थामा उनीरूलाई बागमारा युवा सङ्गम समूह, पानी ट्याङ्की बरेली चोक टोल विकास संस्थामा आवद्ध युवाहरूले बस्ने व्यवस्था गरिदिए पछि भने निकै राहतको अनुभव भएको अर्का युवा युकेस तामाङले बताएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिने कुरामा आफूहरू सचेत बनेको बताउँदै उनले हिड्ने क्रममा अनिवार्य माक्स लगाउनुका साथै सामाजिक दूरी कायम गरी हिडेको बताए ।
हिड्दा कतै राम्रो त कतै नराम्रो सबै किसिमका व्यवहार देख्दै र भोग्दै अघि बढेको उनको अनुभव छ । आफूहरू अझै न्यूनतम तीन दिन हिड्नुपर्ने बाध्यतामा रहेको बताउँदै उनले भने, “हिड्नुपर्ने धेरै छ, ठाउँठाउँमा विभिन्न अवरोध पनि छन्, के गर्नु यसरी हिड्नु हाम्रो रहर हैन बाध्यता हो ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस