मेलम्ची- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नगर प्रवेश गर्ने तीन मुख्य नाकामा प्रहरीसहित स्वास्थ्यकर्मीको ‘हेल्थ डेस्क’ सञ्चालन गरेको छ ।
काभ्रेको सिमाना ढाडखोला र काठमाडौँसँगको सिमाना भोटेचौर तथा छाप भञ्ज्याङमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो । ती नाका हुँदै धेरै नै आवतजावत हुने भएपछि नगरपालिकाले स्वास्थ्य जाँचपछि मात्रै नगर प्रवेश गराउने नगरपालिकाका स्वास्थ्य शाखाका सहइञ्चार्ज ज्ञानेन्द्र घोरासाइनेले जानकारी दिएका छन् ।
यही बाटो हुँदै मेलम्ची खानेपानीको सुन्दरीजल साइटमा बालुवा गिटीलगायत सामग्री ढुवानी हुने भएपछि स्थानीयको मागबमोजिम सुरक्षाका लागि पनि डेस्क सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।
यसैबीच मेलम्ची क्षेत्रीय क्वारेन्टाइनबाट भागेका मेलम्ची– १३ का एक जनालाई आज घरबाटै नियन्त्रणमा लिइ पुनःक्वारेन्टाइनमा राखिएको नगर उपप्रमुख भगवती नेपालले जानकारी दिएकी छिन् । आइतबारदेखि सिसी क्यामेराका साथै सुरक्षा सामग्री जडान गरिने उनले बताएकी छिन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस