सप्तरी– नेपाल प्रहरीले कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ध्यान दिँदै माक्स उत्पादन गरी वितरण गरेको छ । जिल्ला प्रहरी कार्यालबाट तयार गरिएको माक्स शनिबार हिरासतमा रहेका सम्पूर्ण थुनुवालाई वितरण गरिएको हो । सो भाइरसको जोखिमबाट बच्नका लागि आफ्नै कार्यालयभित्र मास्क तयार गरेर वितरण गरेको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिएका छन् ।
गत शुक्रबार जिल्ला प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय र चौकीमा कार्यरत सम्पूर्ण प्रहरीलाई माक्स वितरण गरिएको थियो । प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरधामबाट निर्देशित नमूनाबमोजिमको ढाँचामा माक्स तयार गरी वितरण गरिएको उनले बताए । “जनताको सेवामा समर्पित प्रहरीको सुरक्षासँगै जनतामा सचेतना फैलाउन मास्क तयार गरी दिएका हौँ”, प्रहरी उपरीक्षक प्रसाईंले भने, “यसैगरी प्रत्येक प्रहरी कार्यालयको मूलढोका अगाडि हात धुने व्यवस्था पनि गरेका छौँ ।”
कार्यालयमा सेवा लिन जाने सेवाग्राहीलाई अनिवार्य मास्क लगाउन र साबुनपानीले हात धोएर मात्र प्रवेश गराउन प्रहरी कार्यालयको ढोका अगाडि साबुन र पानी राखिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस