भीमदत्तनगर– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज बिहान गड्डाचौकी नाकाको स्थलगत अनुगमन गरेका छन् ।
सो अवसरमा उनले कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि प्रदेश सरकार लागि परेको बताए । “सीमा नाकाबाट नेपाली घर फर्किने क्रम बढेकाले सिमाना सतर्कता अपनाउन लागिएको छ”, उनले भने, “थप सुरक्षा र सतर्कता अपनाउन सङ्घीय सरकारसँग पनि सहयोग र समन्वय हुन्छ ।”
कैलाली र कञ्चनपुरमा बृहत्रुपमा तयारी भइरहेको बताउँदै उनले विभिन्न अस्पताल र वार्ड व्यवस्थापनका लागि पहल भइरहेको बताएका छन् ।
मुख्यमन्त्रीसँगै सीमा नाकाको अनुगमनका लागि सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, प्रदेशसभा सदस्य लालबहादुर खड्का, भीमदत्तनगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्ट, नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी शङ्करबहादुर पण्डित लगायतको टोली गड्डाचौकी पुगेको थियो ।
सो क्रममा सामाजिक विकासमन्त्री सुवेदीले दुई थान इन्फ्रारेड थर्मोमिटर मेसिन स्वास्थ्यकर्मीको टोलीलाई उपलब्ध गराए । साथै अनुगमनका क्रममा सेनाका बाहिनीपति सहायकरथी पण्डितले मुख्यमन्त्रीलाई गड्डाचौकी सीमा नाकामा अपनाइएको सतर्कता, स्वास्थ्य परीक्षण र आवश्यक व्यवस्थापनका विषयमा जानकारी गराएका थिए ।
त्यसैगरी स्थानीय प्रशासनले पनि कोरोना भाइरस सङ्क्रमण हुन नदिन आज बैठक बसी विभिन्न निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए । उनले गड्डाचौकी नाकाबाहेक कञ्चनपुरका अन्य सबै नाकाबाट भारततर्फको आवागमन तत्कालका लागि बन्द गर्ने निर्णय भएको बताएका छन् ।
“गड्डाचौकीबाट स्वदेश फर्किएका नेपालीलाई आफ्नो गन्तव्य पुगिसकेपछि अनिवार्य स्वास्थ्य परीक्षणका लागि यहाँका सबै स्थानीय तहसँग समन्वय गर्ने निर्णय भएको छ”, प्रजिअ खतिवडाले भने, “यहाँको महाकाली अस्पालमा आइसोलेसन वार्ड तयारी अवस्थामा राख्ने भनेका छौँ ।”
उनले जिल्लामा रहेका सबै स्वास्थ्यकर्मी र एम्बुलेन्सलगायतका सेवा तयारी अवस्थामा राखिएको जानकारीसमेत दिएका छन् । बैठकले भीमदत्तनगरमा रहेको सिएमए छात्राबास र जिल्ला प्रशासन कार्यालयको पुरानो भवनलाई तत्काल क्वारेन्टाइनस्थलका रुपमा प्रयोग गर्ने निर्णयसमेत गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस