काठमाण्डौ-नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन सीमा नाकामा कडाई गर्नुका साथै संक्रमण फैलिएका मुलुकहरुमा हवाई उडान स्थगित गर्न सरकारलाई आग्रह गरेको छ । चीनसँग जोडिएको केरुङ नाकामा कडाई गरिएपनि भारतसँग सीमा जोडिएका नाकाहरुमा निर्वाध आवतजावत भएइरहेकाले तत्काल कडाई गरी विशेष स्वास्थ्य जाँच केन्द्र स्थापना गर्न कांग्रेसले आग्रह गरेको हो। पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले संक्रमण फैलिएका मुलुहरुसँग नेपालीको उद्धार गर्नुपर्ने अवस्था बाहेक दोहोरो उडानमा तत्काल रोक लगाउनु आग्रह गरेका छन्।
काँग्रेसले विश्व स्वास्थ सङ्गठन (डब्लूएचओ) ले उच्च जोखिममा रहेकोे राष्ट्र भनेर नेपाललाई घोषित गरिसकेको स्थितिमा जोखिम सामना गर्न गम्भीर राष्ट्रिय पहलकदमी गर्न सरकारसँग आग्रह गरेको छ। कोरोना संक्रमित मुलुकको सूची जारी गरेर ती देशमा नेपालीको भ्रमणमा अस्थायी रुपले तत्काल रोक लगाउन र संक्रमण फैलिएका मुलुकहरुसँग नेपालीको उद्धार गर्नुपर्ने स्थितिमा बाहेक दोहोरो उडानमा तत्काल रोक लगाउन काँग्रेसले आग्रह गरेको छ।
यसैगरी कोरोना संक्रममित मुलुकहरुको सूची सार्वजनिक गरी ती देशहरुमा नेपालीको भ्रमणमा अस्थायी रोक लगाउन पनि कांग्रेसले सरकारसँग आग्रह गरेको छ । केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै तहका सरकार र राज्यका विभिन्न निकायबीच आवश्यक समुन्वय अभिवृद्धि गरेर सम्भावित जोखिम सामना गर्ने कार्ययोजना चुस्त ढंगले अगाडी बढाउन पनि कांग्रेसले आग्रह गरेको छ। एन-९५ मास्कको पर्याप्त प्रबन्ध गर्न र बालबालिकामा पर्न सक्ने मनोवैज्ञानिक असर न्यून गर्न विशेष ध्यान दिन पनि सरकारलाई आग्रह गरिएको प्रवक्ता शर्माले बताए।
काँग्रेसले संक्रमणको खतराले नागरिकमा खासगरी बालबालिकामा पर्न सक्ने मनोवैज्ञानिक असर न्यून गर्न विशेष ध्यान पु¥याउन, मास्क पर्याप्त प्रबन्ध गर्न, संक्रमण भित्रिएर फैलिएको खण्डमा त्यसको नकारात्मक परिणाममध्ये सम्भावित खाद्यान्न संकट हुनसक्नेतर्फ समयमै सचेत हुन सरकारको ध्यानाकर्षण गराएको छ। चीनको वुहान शहरबाट १८० नेपालीलाई उद्धार गरेर ल्याउन दुई साता लामो छलफल, अन्यौल र विवाद भएको स्मरण गर्दै उहाँले ठूलो सङ्ख्यामा नेपाली रहेकोे दक्षिण कोरिया लगायतका कतिपय देशमा कोरोनाको संक्रमण तीव्र ढङ्गले फैलिएको र त्यहाँ रहेका नेपालीलाई संक्रमणबाट सुरक्षित गर्न तथा अत्यावश्यक परे उद्धार गर्न के–कस्ता रणनीति अवलम्बन गर्न जरुरी छ सोबारेमा तत्काल विमर्श गर्न आग्रह गरेका छन्।
प्रवक्ता शर्माले वुहानबाट ल्याइएका नेपालीलाई राखिएको क्वारेन्टाइन आगामी दिनमा अपर्याप्त हुनसक्ने खतरालाई दृष्टिगत गर्दै वैकल्पिक दर्जनौँ क्वारेन्टाइन निर्माण गर्नुपर्ने दिशामा सरकारले युद्धस्तरमा काम गर्नुपर्ने र कोरोना संक्रमणबाट पूर्वसतर्कताका लागि व्यापक जनचेतना अभिवृद्धि गर्न आमसञ्चारका माध्यमको समुचित प्रयोग गर्ने कार्यमा सरकारले ध्यानाकर्षण गराएका छन्। काँग्रेसले जोखिम सामना गर्न कुनै पनि कमजोरी र सम्झौता नगर्न सरकारलाई सार्वजनिक आग्रह गर्दै समस्त नेपालीमा संयमतापूर्वक सतर्कताका लागि अपिल गरेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस