फागुन ३० गते पथरी शनिश्चरे-१ हरियाली सामुदायिक वनको सभाहलमा रिटर्नी सेन्टर नेपाल मोरङको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
नेकपा(माओवादी केन्द्र)मोरङ इन्चार्ज कुल प्रसाद साम्बा(कुशल)को प्रमुख आतिथ्यतामा भएको सम्मेलनले सौरलाल मोदिको अध्यक्षतामा २५ सदस्य जिल्ला कमिटी सर्बसम्मत चयन गरेको छ l सम्मेलनमा लेटाङ नगरपालिकाबाट नरेश पथिकको संयोजकत्वमा १२ जनाको उत्पादन ,प्रबिधी कमिटि पनि चयन गरेको छ l प्रमुख अतिथि साम्बाले रिटर्नी सेन्टर नेपाल अन्य जनबर्गिय संगठन भन्दा फरक छ र अहिले यो संगठन चलायमान छ र आजको आवश्यकता पनि भएको बताए l प्रमुख अतिथि साम्बाले उत्पादनसित जोडेर रोजगारीको सिर्जना गर्ने भएकोले यो संगठन पार्टीको लागि भोलिको आशाको केन्द्र पनि भएको बताए l त्यस्तै बिशेष अतिथि रिटर्नी सेन्टर नेपाल प्रदेश नं १ का फ्र्याक्सन इन्चार्ज गगन पुरीले रिटर्नी सेन्टर नेपालले उत्पादन जोडिएर रोजगारी सृजना गर्ने संगठन भएकोले पार्टीको तर्फ़बाट हरेक तवरले सहयोग गर्ने बताए l
राजकुमार बिश्वकर्माको अध्यक्षतामा भएको सम्मेलनमा रिटर्नी सेन्टर नेपालका केन्द्रिय सचिवालय सदस्य तथा अन्तराष्ट्रिय ,उत्पादन ,प्रबिधि विभागका प्रमुख रमेश तुफान पण्डितले करिब १ करोड २५ लाख नेपालीहरु बिदेसिएका मध्यमा १८ लाख नेपालीहरु स्वदेश फर्केका र अझै फर्किने क्रममा रहेकोले नेपाल सरकारका ३ तहकै निकायले रिटर्नीहरुको पुनर्स्थापना गरे देश बिकासमा फड्को मार्ने बताए l सरकारले विदेश जान युवा पुस्तालाइ नरोके र रिटर्नीहरुलाई पुनर्स्थापना गर्न नसके देशमा युवाहरुको कमि भइ देशको हरेक क्षेत्रको काम गर्न भारतीय तथा बिदेशी नागरिक बोलाउनुपर्ने अवस्था आई देश समस्यामा पर्न सक्ने बताए l । अन्तराष्ट्रिय विभागका प्रमुख पण्डितले रिटर्नी सेन्टर नेपाललाई राजनैतिक दलको मात्र नभई सबैको साझा संगठन बनाई अब रिटर्नीहरुको श्रम ,सीप ,अनुभव ,क्षमता ,पूजीं र प्रबिधि प्रयोग गरेर उत्पादनमा जोडी रोजगारीको सिर्जना गर्नुपर्ने बताए l सम्मेलनमा रिटर्नी सेन्टर नेपालका १ नं प्रदेशका संयोजक बिशाल भण्डारी , सहसंयोजक गणेश कालिकोटे, अन्तराष्ट्रिय विभागका संयोजक राम संजेल ,मोरङ जिल्ला इन्चार्ज जनक कंडेल , पार्टीका विभिन्न पदाधिकारीहरु तथा रिटर्नी सेन्टर नेपालका प्रदेश ,जिल्लाका इन्चार्ज ,संयोजक ,विभिन्न पदाधिकारीहरु पनि उपस्थिति भएका थिए l
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस