फागुन ३० गते धनगढी मालिकार्जुन दार्चुला सेवा समितिको हल तारानगरमा रिटर्नी सेन्टर नेपाल सुदुरपश्चिम प्रदेशको प्रथम प्रदेश सम्मेलन सम्पन्न भएको छ ।
नेकपा( माओबादी केन्द्र )का केन्द्रिय सदस्य बिरमान चौधरीको प्रमुख आतिथ्यमा भएको सम्मेलनले अध्यक्षमा बिष्णु केसि , उपाध्यक्षमा तेज रोकाय, सचिबमा पुर्णराज अबस्थि सहित २१ सदस्यीय सुदुरपश्चिम प्रदेशको कमिटी सर्बसम्मत चयन गरेको छ l प्रमुख अतिथि चौधरीले धेरै जनबर्गिय संगठनलाई हेर्यो पटक पटक तर हामीले नमुनाको संगठन बनाउन नसकेको बताए तर यसपाली हामीले रिटर्नी सेन्टर नेपाललाई नमुनाको संगठन बनाउने प्रयासमा लागेका छौं l उहाँले विदेशबाट फर्केर श्रम ,सीप ,पूजी र प्रबिधि बोकेर आएका रिटर्नीहरुले रोजगारी सृजना गरि देश विकासमा सहयोग तथा पार्टीका लागि आकर्षक जनमत,सदस्यता वृद्धि गराई नमुनाको संगठन बनी नेकपा( माओबादी केन्द्र ) लाई पुन उचाइमा पुर्याउने बिश्वास व्यक्त गरे l त्यस्तै विशिष्ट अतिथि पार्टी प्रदेश सचिव जनक बुढाले रिटर्नि सेन्टरको संगठन निर्माणको लागि पार्टीले सहयोग गर्ने बताए l
रिटर्नी सेन्टर नेपालका केन्द्रिय सहसंयोजक तथा सुदुरपश्चिम इन्चार्ज अस्मित सिंहले रिटर्नी सेन्टर नेपालको परिचय ,पार्टीको लागि आवश्यकता र महत्वबारे आफ्नो धारणा राखेका थिए l सहसंयोजक सिंहले पार्टीका रिटर्नीहरु ,कार्यकर्ताहरुलाई उधमी तथा ब्यबसायी बनाई आत्मनिर्भर बनाउन र रोजगारी सिर्जना गर्ने उदेश्यले स्थापना भएको रिटर्नी सेन्टर नेपालले भविष्यमा नेपालभरी लाखौं जनताहरुको लागि रोजगारी सिर्जना गर्ने बताए l उहाँले पार्टीले अब दर्शन र विचार पढाउने भन्दा पहिले कार्यकर्ताहरुलाई उधमी र ब्यबसायी बनाई आत्मनिर्भर बनाउनुपर्यो ,आत्मनिर्भर पश्चात दर्शन र विचार पढाउनु पर्ने बताए l त्यस्तै रिटर्नी सेन्टर नेपाल सुदुरपश्चिम प्रदेशका अध्यक्ष बिष्णु केसीले सुदुरपश्चिमको जिल्ला ,पालिकामा रिटर्नीहरुको संगठन तिब्र रुपमा निर्माण गर्ने बताए l सम्मेलनमा निर्बाचन आयोग सुदुरपश्चिम का प्रतिनिधि तथा बरिष्ठ अधिबक्ता तुलाराम गिरि अथिति अखिल क्रान्तिकारी प्रदेश मुख्य सचिब डम्बर भट्टराई तथा प्रदेश , जिल्ला तथा पालिकाका विभिन्न पदाधिकारी पनि सहभागिता रहेका थिए l
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस